×

NMB BANK
NIC ASIA

फुटबलमा स्वर्ण दिलाउन नायक बनेका सुनिल भन्छन्, ‘टीम वर्कले सफल भयौँ'

मंसिर २४, २०७६

NTC
Premier Steels

भव्य समारोहका बीच काठमाडौँको दशरथ रंगशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो ।

Muktinath Bank

प्रतिस्पर्धात्मक जस्तै देखिएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उत्साहका साथ खेल हेर्ने प्यारापिटमा भरिभराउ नेपाली दर्शकले केही नमिठो अनुभव गरेका थिए । दर्शकको तितो अनुभूति केही क्षणमात्रै रह्यो ।  दोस्रो हाफको ५४ औँ मिनेटमै सुनिलले गोल फर्काएर दर्शकको मुहारमा चमक छरे । डिफेन्डर सुमन अर्यालले दिएको पासलाई सुनिलले हेडमार्फत गोल गर्न सफल भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गरे । दर्शकमा थप ऊर्जा भरियो । स्वर्णपदकका लागि त्यही गौल नै निर्णायक बन्योे । राष्ट्रिय झण्डा फहराउँदै दर्शकले नेपाल।।।नेपाल।।। भनेर रङशाला गुञ्जाए । भुटानमाथि नेपालले २–१ अन्तरमा जित्दा बीचका केही अवसर भने चुकाएको थियो ।


Advertisment
Nabil box
Kumari

स्वर्ण दिलाउने महत्वपूर्ण गोल गरेका सुनिल चलचित्रको नायक झै बने । नचिताएको परिस्थितिमा गोल गरेको अनुभव सुनाउँदै उनले भने, ‘सुमन अर्यालले क्रस ग¥यो, त्यही मुभमेन्टमा म पनि टाइमिङमा पुगे, ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो ।’ उनले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिए ।

Vianet communication

गोलगरे लगत्तै उनले जर्सी खोले । जर्सी खोल्दा पहेँलो कार्ड दिइन्छ । उनले त्यो खुशीयालीमा आफूले के गरेँ भनेर सोच्नसमेत सकेनन् । उनका अनुसार भुटानसँगको खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक नै रह्यो।

खेल शुरु भएको १६ औँ मिनेटमा फरवार्ड अभिषेक रिजालले नेपालका लागि पहिलो गोल गरे । खेलको ३६ औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल फर्काएर खेललाई बराबरीमा प¥याए । ‘सेकेण्ड हाफमा स्कोरिङ बाहिर निकाल्न सक्यो, त्यसमा पनि म आफैँले गोल गर्न सक्दा अत्यन्तै खुशी छु,’ सुनिलले भने । 

फाइनल पुगेपछि नेपाललाई ठूलो दबाब नभएकाले पनि नेपाली समूह एकदम एकबद्ध भएर खेल्छौँ भन्ने आत्मविश्वास उनको थियो । नभन्दै त्यस्तै भएकाले टिमवर्कले काम गरेको उनी बताउँछन् । ‘गोल गर्दा खुशीको सीमा नै छैन, फुटबललाई माया गरेर धेरै दर्शक आइदिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु, परिवार, साथीभाइ र शुभेच्छुकले गरेर म यहाँ आइपुगेको छु ।” हर्षित हुँदै,’ उनले भने । 

फुटबलमा सङ्घर्षरत सुनिलले साफमा अन्तिम र निर्णायक गोल गरेर नयाँ उचाइ प्राप्त गरे ।  सामाजिक सञ्जालदेखि समाचारमा सुनिलको नाम अग्रपङ्तिमै छ । सामाजिक सञ्जालबाट सुनिललाई बधाई दिनेको ओइरो नै छ । उनी योसहित दोस्रो गोल्डमेडलिस्ट खेलाडी हो । सन् २०१६ मा भारतको ग्वाँटीको खेलमा पनि उनी सहभागी थिए । त्यहाँ पनि नेपालले स्वर्ण ल्याएको थियो ।

यसपाली होमग्राण्डमा सफल हुनुमा दर्शकको हात रहेको उल्लेख गर्दै भने, ‘हजुरहरुले यति सहयोग गर्नुभयो कि खेलाडीलाई चाहिने शक्ति दिनुभयो, त्यही ऊर्जाले एकदम केही गर्छु र देखाउछु भन्ने लागेको थियो, दर्शकलाई स्वर्ण दिलाएरै छाड्यौँ ।’
 
समूहचरणको खेलमा नेपालसँग भुटान ४-० ले हारेको थियो । एउटा खेल हार्दैमा विपक्षीलाई कहिल्यै कमजोर ठान्न नहुने बताउने सुनिलले पछिल्ला तीन खेलमा भुटानले राम्रो नतिजा ल्याएर जित्दै आइरहेकाले बलियो दाबेदार भएको प्रतिक्रिया दिए । ‘भुटानसँग सहज जितको आशा सोचेका थिएनौँ प्रतिस्पर्धी नै लिएका थियौँ, खेल त्यस्तै भयो पनि,’  सुनिलले भने।

लिगमा तीन वर्ष थ्रीस्टार क्लबबाट खेलेका थिए सुनिल । उनी अहिले च्यासलमा आवद्ध छन्। अब लिग गेम पनि शुरु हुन लागेको छ। नयाँ क्लबमा तालिम राम्रै भइरहेकाले लिगमा राम्रो गर्ने उनको सोच छ । ‘नयाँ क्लबमा च्यालेन्जिङ छ, उत्कृष्ट गर्ने प्रयास गर्छु,’ उनले थपे । 

नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठले स्वर्ण जितेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै टिम वर्क नै महत्वपूर्ण कुरा भएको बताए। जितको श्रेय नेपाली दर्शकलाई दिँदै उनले भने, ‘आजको खेलमा बलियो पक्ष घरेलु समर्थक नै हो, अनि टिमवर्कले काम ग-यो ।’ उनले पहिले जे जस्तै खेले पनि भुटानलाई बलियो प्रतिस्पर्धी कै रुपमा हेरेको बताए । कुनै पनि खेलका लागि सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ। 

नाकमा टेप लगाएरै भएपनि मैदानमा उत्रिएका गोलकिपर विकेश कुथुले दर्शकले गरेर नै स्वर्ण जितेको उल्लेख गर्दै भने, ‘यो मेडल दर्शकका लागि डेडिकेट गर्न चाहन्छु ।’ 

व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिङ्गारिएको रङ्गशालामा खेल भएको थियो नेपालको जितसँगै हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रम, झाँकी तला लाखे नाच प्रस्तुत गरिएको थियो।

सबै देशको झण्डा र मस्कटसहित मार्चपासमा सहभागी भएका खेलाडीहरुलाई दर्शकले हात हल्लाएर अभिवादन गरेका थिए। खेलाडीले पनि दर्शकलाई अभिभादन फर्काउन भुलेनन् । दर्शसँगै नेपाली खेलाडीले पनि नेपाल।।। नेपाल।।। भन्दै हुटिङ गर्न भ्याए । नेपाली दर्शकले भुटान।।। भुटान।।। को हुटिङसहित भुटानका खेलाडीलाई पनि सान्त्वना दिए।  

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । सन् १९८४ मा पहिलोपटक नेपालमै साग भएको थियो । सन् १९९९ मा दोस्रो र अहिले तेस्रो साग नेपालमा भयो।

दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकुद उत्सवका रूपमा लिने गरिन्छ । यसपटकको सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलङ्काका खेलाडीले २६ विधामा प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो । समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फ नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै धन्यवाद दिए।  नारायण ढुंगाना/ रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x