×

NMB BANK
NIC ASIA

लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

मंसिर २७, २०७६

NTC
Premier Steels

झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक/एक जनालाई पक्राउ गरेको हो ।

Muktinath Bank

बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो हेरोइन बरामद गरेको छ । गोप्य सूचनाका आधारमा तामाङको कोठा चेकजाँचका क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं ढाटबाट विराटनगर महानगरपालिका–६ का २९ वर्षीय अनुज खत्री एक ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । बुधबार अपराह्न ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउँदै गरेका खत्रीलाई जाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाइछिपाई ल्याउँदै गरेको खैरो हेरोइन बरामद भएको थियो  । 

Vianet communication

खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागुऔषधमा ओसारपसारमा अन्य दुई जनाको समेत संलग्नता रहेको खुल्न आएपछि विराटनगर महानगरपालिका–६ का २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका–१० का ४१ वर्षीय तेजबहादुर लिम्बू समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x