×

NMB BANK
NIC ASIA

नेपाल–फ्रान्सबीच कूटनीतिक सम्बन्ध बलियो हुँदै, द्विपक्षीय परामर्श संयन्त्र स्थापना

मंसिर २७, २०७६

NTC
file photo
Premier Steels

द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमितरूपमा परामर्श गर्न नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ ।

Muktinath Bank

दुवै देशका अधिकारीले उक्त संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेसँगै संयन्त्रको पहिलो बैठक पनि आजै राजधानीमा सम्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र फ्रान्सको विदेश मन्त्रालयमा एशिया र ओसिनिया मामिला हेर्ने निर्देशक थिरी मथाउ नेतृत्वको प्रतिनिधिमण्डलको समुपस्थितिमा आज परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजेले हस्ताक्षर गरे ।


Advertisment
Nabil box
Kumari

शुक्रवारै परराष्ट्रसचिव शङ्करदास वैरागी र निर्देशक मथाउ नेतृत्वको प्रतिनिधिमण्डलबीच परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न भयो । बैठकमा पारस्परिक सहयोग अभिवृद्धिका साथै दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान सम्बन्धमा पनि विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Vianet communication

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष गरेको फ्रान्सको औपचारिक भ्रमणबारे पनि चर्चा भएको थियो । बैठकमा आर्थिक विकास एवं साझेदारीका साथै व्यापार, पर्यटन, लगानी, जनता–जनताबीचको सम्पर्क विस्तारबारे पनि छलफल भएको थियो ।

नेपालीपक्षले फ्रान्सेलीपक्षलाई नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने सन्दर्भमा फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गरेको थियो । त्यसैगरी बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तन तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत नेपालले गरेको योगदानको चर्चा भएको थियो । आगामी चैतमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन पनि नेपालले आग्रह गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x