×

NMB BANK
NIC ASIA

एनसीएचएलले ल्यायो ‘कनेक्ट आरटीजीएस’ कार्यान्वयनमा

मंसिर ३०, २०७६

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले २४ कमर्सियल बैंकहरू ‘कनेक्ट आरटीजीएस’ प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ ।

Muktinath Bank

आरटीजीएस प्रणालीमा भुक्तानी कारोबार प्रविष्ट गर्न तथा बैंकको बैंकिङ सिस्टमसँग अटोमेटेड गर्न बैंकहरूले ‘कनेक्ट आरटीजीएस’ लाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश बैंकले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागि आवश्यक सिस्टमहरू तथा बैंकहरूलाई स्वसञ्चालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ । 


Advertisment
Nabil box
Kumari

आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबार सदस्य बैंक र वित्तीय संस्थाबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फन्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्त्वपूर्ण  कोशेढुंगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिको लागि एनसीएचएलद्वारा प्रदान गरिएको ‘कनेक्ट आरटीजीएस’ बैंक तथा वित्तिय संस्थाको बैंकिङ प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छ्यौटलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

Vianet communication

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ सदस्यहरू जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी/पीएसओ र अन्य सेवा प्रदायकलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारको स्थापना तथा सञ्चालनमार्फत समग्र बैंकिङ क्षेत्रलाई सहयोग पुर्‍याइरहेको छ ।

एनसीएचएलको ‘कनेक्ट आरटीजीएस’ एक थप प्रणाली हो, जसले उद्योगलाई न्यून शुल्कमा सहयोग पुर्‍याउँदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको अनुपालनसहित ‘कनेक्ट आरटीजीएस’ बैंक र वित्तीय संस्थाका लागि न्यून मूल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थालाई पनि उपलब्ध गरिने छ ।

एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीमध्ये विद्युतीय चेक क्लियरिङ, अन्तर बैंक भुक्तानी प्रणाली, ‘कनेक्ट आरटीजीएस’ इ–पेमेन्ट प्रणाली र नेसनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र २० भन्दा बढी पीएसपीएस/पीएसओएस लगायत गैरबैंकिङ संस्था सदस्य रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x