×

NIC ASIA

नेविसंघ र तरुण दलको समानान्तर समिति घोषणा गर्ने तयारीमा पौडेल पक्ष

देउवा पक्ष भन्छ– 'पार्टी नै फोरेर गए भइहाल्यो नि !'

पुस १, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल र नेविसंघ दुवैको समानान्तर समिति निर्माण गर्ने तयारी थालेका छन् । 

Muktinath Bank

कांग्रेसभित्र विगत केही दिनयता देखिएको विवाद समाधान गर्न नेताहरूले तीव्र दौडधूप गरिरहेपनि विवाद समाधानको दिशातर्फ उन्मुख छैन, झनै उत्कर्षमा पुगिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'वरिष्ठ नेता पौडेलले सभापतिसँग नेविसंघ वा तरुण दलमध्ये कुनै एकको नेतृत्व माग्नुभएको छ,' स्रोतले लोकान्तरलाई भन्यो, 'यदि त्यसमा देउवाले सहमति नजनाए समानान्तर समिति घोषणा गर्ने तयारी छ ।'


Advertisment
Nabil box
Kumari

समानान्तर समिति घोषणा गर्न तयारी गरिरहेको पौडेल पक्षले तयारीस्वरूप नेविसंघ र तरुण दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । 'मनोजमणि आचार्य र दीपक भट्टराईको टीमसँग आज उहाँहरूले छुट्टै छलफल गर्ने कार्यक्रम छ,' स्रोतले भन्यो, 'आचार्य र भट्टराई दुवैलाई समानान्तर समिति घोषणा गर्न तपाईंहरू तयार भएर बस्नुस् भनेर नेता पौडेलले भन्नुभएको छ ।' 

Vianet communication

सभापति देउवाले राजीव ढुंगाना, वरिष्ठ नेता पौडेलले आचार्य र भट्टराईमध्ये कुनै एक र सिटौला पक्षले कुन्दन काफ्ले र युवराज पाण्डेमध्ये कुनै एकलाई नेविसंघको सभापति बनाउनुपर्ने अडान राखेका छन् । 

तर सिटौलापक्षले आफूले सभापति पाउनुपर्ने अडानमा लचिलो देखिएको छ । काफ्ले वा पाण्डेलाई सभापति बनाउनुपर्ने सिटौला पक्षको अडान भएपनि नेविसंघमा पहिला रहेको सिटौला पक्षको प्रतिनिधित्व कायम राख्ने हो भने सभापतिमा राखेको अडान फिर्ता हुने सम्भावना कायमै रहेको स्रोतको दाबी छ ।

सभापति देउवासँग सहमति नभए पौडेल पक्षले तरुण दलको पनि समानान्तर समिति घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । 

नाम उल्लेख नगर्ने शर्तमा तरुण दलको पौडेल पक्षका एक नेताले लोकान्तरसँग भने, 'हामीले समानान्तर समिति घोषणा गर्ने व्यापक तयारी गरिरहेका छौं । त्यसैको तयारीस्वरूप आज अपराह्न हाम्रो समूहको बैठक बोलाइएको छ ।'

आइतवार अपराह्न पौडेल पक्षले नेविसंघ र तरुण दलको छुट्टाछुट्टै बैठक बोलाएको हो । 

तरुण दलमा सभापति देउवाले जितजंग बस्नेत, वरिष्ठ नेता पौडेलले भुपेन्द्रजंग शाही र सिटौला पक्षले नारायण भट्टराईलाई नेतृत्व दिनुपर्ने अडान राख्दै आइरहेका छन् । 

केही दिनयता लगातार केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आइरहेको पौडेलपक्षलाई सहमतिमा ल्याउन देउवा पक्षको प्रयास कायमै छ ।

सहमतिकै लागि भनेर शनिवार सभापति देउवाले उपसभापति निधिलाई अगाडि सारेर वार्ता समिति पनि गठन पनि गरेका छन् । समितिमा पौडेलपक्षबाट प्रकाशमान सिंहलाई अगाडि सारिएको थियो । 

वार्ता समितिले निरन्तर बैठकहरू बोलाएर सहमतिको प्रयास गर्ने प्रयास जारी राखेको अवस्थामा पौडेलपक्षले नेविसंघ र तरुण दलमा समानान्तर संगठन घोषणा गर्ने तयारी गरेको हो ।

पार्टी नै फोरेर गए भइहाल्यो नि - देउवा पक्ष 

सभापति देउवा पक्षले भने समानान्तर समिति घोषणा गर्ने विषय हावादारी भएको बताएको छ ।

लोकान्तरसँग कुरा गर्दै देउवापक्षीय एक नेताले भने, 'हामीलाई कांग्रेस कमजोर बनाएको आरोप लगाउने उहाँहरूले नै यस्तो हर्कत गर्न खोज्ने ? यसरी कांग्रेस बलियो हुन्छ ?'

उनले समानान्तर समिति घोषणा हुनै नसक्ने बताए । 'एक दुईजनाको लहडमा समानान्तर संगठन बन्ने भए बनाए हुन्छ । त्यतिमात्र होइन, पार्टी नै फोरेर गए भइहाल्यो नि ! विधि र विधानको वकालत गर्ने अनि बैठकमा सहभागी नहुने प्रवृत्ति उहाँहरूमा देखियो । आफूले भनेजस्तो भए विधि हुने नत्र नहुने भन्ने कुरा कसरी तर्कसंगत हुन्छ ?'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x