×

NMB BANK
NIC ASIA

वित्तीय पहुँच

अधिकांश बैंक प्रदेश राजधानी केन्द्रित, दुर्गममा एउटै शाखा खोल्न पनि आपत ?

पुस २४, २०७६

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशका ५ स्थानीय तह अझैं पनि बैंकिङ सेवाको पहुँच बाहिर रहेका छन् ।

Muktinath Bank

प्रदेश सरकारले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याएर वित्तीय साक्षरता अभियानलाई तीव्रता दिने नीति लिएको भएपनि अझैसम्म बैंकिङ सेवा पुग्न नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंक धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङ र बाजुरा जिल्लास्थित केही स्थानीय तह अझैं पनि बैंक तथा वित्तीय संस्थाको पहुँचभन्दा बाहिर रहेका छन् ।


Advertisment
Nabil box
Kumari

बझाङस्थित काँडा र थलरा गाउँपालिका तथा बाजुराको पाण्डवगुफा र गौमुल गाउँपालिकामा बैंक पुग्न नसकेको हो । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले ५ गाउँपालिकामा अझैंसम्म बैंक शाखा पुगेकोबारे जानकारी नआएको बताए ।

Vianet communication

प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयले हालै वित्तीय सम्मेलन गरी सबै तहमा वित्तीय पहुँच पुर्‍याउने उद्घोष गरेको थियो । सम्मेलनमार्फत पुस मसान्तमा हिमालयन बैंकले बाजुराको पाण्डपगुफा र स्वामी कार्तिक गाउँपालिकामा शाखा विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो भने कुमारी बैंकले बझाङको थलरा गाउँपालिका र बाजुराको गौमुल गाउँपालिकामा शाखा विस्तार गर्ने जनाएको थियो तर अझैसम्म शाखा स्थापना गरिएको छैन ।

अत्यन्त विकट मानिने बझाङको काडा गाउँपालिकामा एभरेस्ट बैंकले शाखा विस्तार गर्नुपर्ने हो तर आधारभूत पूर्वाधार समेत नरहेको सो काँडा गाउँपालिकामा कहिलेसम्म शाखा विस्तार गरिनेबारे अन्योलता कायमै छ ।

ती स्थानीय तहमा बैंक विस्तार हुन नसकेपछि सदरमुकाममा रहेका बैंक शाखामार्फत ती स्थानीय तहले बैंकिङ कारोबार गर्दै आएको राष्ट्र बैंकले जनाएको छ तर भएका बैंकहरू भने जिल्ला सदरमुकाममै थुप्रिएका छन् । खासगरी प्रदेशको अस्थायी राजधानी धनगढीमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरू केन्द्रित भएका छन् ।

८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा हालसम्म वाणिज्य बैंकका ६४७ वटा शाखा कार्यालय छन् । प्रदेशमा रहेका ७०२ बैंक तथा वित्तीय संस्थामध्ये ३२४ वटा बैंक तथा वित्तीय संस्था तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा केन्द्रित रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरू शहर केन्द्रित भएपछि लगानी पनि शहरमै केन्द्र्रित भएको छ । प्रदेशभरको ८५ अर्ब कर्जामध्ये ७३ अर्ब कर्जामा योगदान कैलाली–कञ्चनपुरको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमको कर्जा प्रवाह देशभरको कर्जासँग तुलना गर्दा ३ प्रतिशत मात्रै हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x