मंसिर ८, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
अग्नि ग्रूपले हालै मध्यनेपालको प्रदेश नं ३ को ढुंग्रेवास सिन्धुलीमा महिन्द्राका गाडीहरू र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपूर्जासहितको शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरूम हो ।
महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूका सबै श्रृङ्खलाका सवारी साधनहरू सहितको थ्रीएस सेटअपयुक्त यो शोरूमको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र अग्नि ग्रूपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले २७ पौष २०७६, आइतबारका दिन संयुक्त रूपमा उद्घाटन गरे ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।
सिन्धुली र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायतीरूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरूम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो शोरूमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप, ट्रयाक्टरसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।
यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ ।
कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।
सो अवसरमा कम्पनीले ५ दिने निःशुल्क प्रबद्र्धनात्मक सेवा शिविर (अटोमोबाइल डिभिजन सर्भिस क्याम्प) को पनि घोषणा गरेको छ ।
पुस २८ देखि माघ ३ गतेसम्म चल्ने यो शिविरअन्तर्गत उपभोक्ताहरूले स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउने छन् ।
यसका साथै ट्रयाक्टरका ग्राहकहरूको लागी फार्म डिभिजन सर्भिस क्याम्प पुस २८ र २९ गते हुदैछ जसमा स्पेयर पार्टस्, ल्युब र अन्य सहायक सामग्री (एक्सेसरिज)मा १२ प्रतिशत छुट पाउने छन् भने निःशुल्क श्रम खर्च (निःशुल्क लेबर चार्ज)का साथै उपहारहरू पनि पाउने छन् ।
कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटोवर्क्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...