×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपतिको म्यान्मार भ्रमणले भारतलाई बनायो चिन्तित

माघ ३, २०७६

NTC
Premier Steels

चीनका राष्ट्रपति सी चिनफिङ शुक्रवार दुईदिने भ्रमणका क्रममा म्यान्मार पुगेका छन् । विगत १९ वर्षमा म्यान्मार भ्रमण गर्ने उनी पहिलो चिनियाँ राष्ट्रपति हुन् । 

Muktinath Bank

चीन र म्यान्मारबीच ७० वर्षको कूटनीतिक सम्बन्धको अवसरमा सीको भ्रमण भएको हो । दुवै देशले अल्पसंख्यक मुसलमानहरूप्रति गरेको व्यवहारका विषयमा आलोचना खेपिरहेका छन् । चीनमा उइगुर र म्यान्मारमा रोहिंग्यामाथि सरकारले अत्याचार गरेको पश्चिमाहरू आलोचना गर्ने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपेली संघ र अमेरिकाले म्यान्मारलाई रोहिंग्याको ‘नरसंहार’ गरेको भन्दै आलोचना गरेका छन् । तर चीनले म्यान्मारलाई समर्थन गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

बेइजिङले नेपितालाई रोहिंग्यामाथिको दमनमा समर्थन गरेको छ । सीले भ्रमणका क्रममा देशकी वास्तविक नेता आङ सान सु की र म्यान्मारका सशस्त्र बलका कमान्डर इन चीफ मिन आङ ह्लाइङसँग पनि भेट्ने कार्यक्रम छ । 

Vianet communication

म्यान्मार चीनको पेटी सडक पहलको एक साझेदार हो । चीन–म्यान्मार आर्थिक कोरिडोरमा अन्य परियोजना बाहेक म्यान्मारको पश्चिमी किनारमा रहेको क्याउकफ्युमा गहिरो बन्दरगाह बनाउने प्रोजेक्ट पनि छ । चीन र भारतबीचमा रहेको म्यान्मारसँग वैश्विक आपूर्ति शृंखलाको फाइदा लिने सम्भाव्यता छ । 

बंगालको खाडीमा चीनले विकास गरिरहेको डीप सी पोर्टले भारतलाई चीनले घेरिरहेको छ भन्ने चिन्ता दिएको छ । श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि लीजमा दिइसकेको छ । अनि अरब सागरमा रहेको पाकिस्तानको ग्वादर बन्दरगाह पनि चीनले बनाउँदैछ । 

ढाका र नेपिताले रोहिंग्या संकटका विषयमा चीनलाई मध्यस्थकर्ताको हैसियत दिइसकेका छन् । अनि दक्षिण एसियामा नयाँ दिल्लीलाई थप एक्ल्याउँदै नेपालले पनि चीनसँग तीव्र गतिको रेल बनाउन विषयमा सम्झौता गरेको छ । अनि श्रीलंकामा हालै निर्वाचित भएर आएका राष्ट्रपति गोताबाया राजपक्षे र उनका दाइ प्रधानमन्त्री महिन्दा राजपक्षे बेइजिङपक्षधर नै हुन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x