×

NMB BANK
NIC ASIA

ऋणमा डुबेपछि मर्ने निर्णय, जमुनाले भनेकी थिइन्– ‘एक्लै होइन, परिवार नै सँगसँगै मरौं’

माघ ४, २०७६

NTC
Premier Steels

व्यवस्थापन विषयका लेक्चरर विनय लामिछाने आफैंमा एक कुशल व्यवस्थापक पनि थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मंगलोदय क्याम्पसमा व्यवस्थापन संकायमा पढाउँदै आएका उनले व्यवसायमा पनि हात हालेका थिए । सेयर र कमोडिटी मार्केटमा उनको लगानी थियो । उनी ‘वेस्ट काठमाडौं बिजनेस इन्भेस्टमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

Muktinath Bank

डेढ वर्षअघिदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गरेका विनयले ६ महिनासम्म राम्रै नाफा कमाए । त्यसपछि लोभिएर लगानी बढाए । तर दुर्भाग्य, नाफा पहिलेझैं निरन्तर हुन सकेन । एक वर्षको अवधिमा डेढ करोडभन्दा बढीघाटा व्यहोरेपछि उनको जिन्दगीले अर्कै मोड लियो । हिसाब गर्दा आफ्ना भएभरको जायजेथाले पनि ऋण र सापटी तिर्न नभ्याउने भयो । त्यसपछि तनाव व्यवस्थापन गर्न नसकेका लामिछाने गलत निर्णयमा पुगे । अन्ततः पत्नी र दुई अबोध छोरासहित बिहीबार साँझ त्रिशूली नदीमा हेलिन पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकवानपुर, चित्लाङका विनयले धादिङको सिद्धलेख–७, बडघरेकी जमुना रेग्मीसँग २०७४ मा विवाह गरेका थिए । उनीहरूका दुई वर्षीय छोरा विजन र ६ महिनाका रिजन थिए । रिजनको शुक्रबारै पास्नीको साइत जुरेको थियो । तर परिवारमा सुतक परेकाले उनी पास्नी छोडेर श्रीमती र दुई छोरासहित घरबाट निस्किए ।


Advertisment
Nabil box
Kumari

घर छोड्नुअघि विनयले जमुनासँग भनेका थिए, ‘म ऋणमा डुबिसकें, अब मर्छु ।’ जबाफमा जमुनाले ‘एक्लै होइन, परिवार नै सँगसँगै मरौं’ भनेपछि उनीहरू दुवै छोरालाई लिएर धादिङतर्फ लागेका थिए । घर छोड्नुअघि विनयले लेखेको तीन पाना लामो ‘सुसाइड नोट’ मा ऋण तिर्नुपर्ने लामो फेहरिस्तसहित आफू मृत्यु रोज्न बाध्य भएको खुलाएका छन् । ‘यो पढ्नु होला’ शीर्षकमा हरियो अक्षरमा लेखिएको सुसाइड नोटमा परिवार नै मास्नुपरेको कारण उल्लेख गरेका छन् । गएको वर्षदेखि व्यापार निकै खस्केको, सापटी लिएका मानिसले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि सापटी र ऋण तिर्न नसक्ने अवस्था आएकाले श्रीमती र छोराहरूसहित परिवारले नै मृत्युवरण गर्ने निर्णय गरेको उनले सुसाइड नोटमा लेखेका छन् ।

Vianet communication

धादिङको बेनीघाटस्थित सिउरेनीटार जोड्ने पुलमुनिबाट ६ महिनाका छोरा रिजनलाई श्रीमती र दुईवर्षे विजनलाई विनय आफैंले काखमा लिएर नडुबुन्जेल त्रिशूलीमा हेलिएका थिए । संयोगले विनयलाई जलयात्रा गर्ने समूहले जीवितै उद्धार गर्‍यो । तर जमुना दुई छोरासहित बेपत्ता भइन् ।

केहीबेरमा जमुनाको शव फेला परेको गजुरीस्थित इलाका प्रहरी कार्यालयका डीएसपी खड्गबहादुर खड्काले बताए । त्रिशूलीमा हेलिनुअघि यो दम्पतीले साँझ करिब ६ बजे बेनीघाट बजारस्थित बदनकुमारी श्रेष्ठको होटलमा चिया खाएको, छोराहरूलाई दूध पिलाएको र पानी परिरहेकाले छातासमेत किनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीयका अनुसार विनयको परिवार करिब पौने ७ बजे त्रिशूलीमा हेलिएको अनुमान छ । नदीमा पस्नुअघि जमुनाले त्रिशूली किनारमा छाडेका झोलामा दुइटा मोबाइल र चाँदीका दुइटा बाला फेला परेका छन् ।

चिया पिएको होटल तलबाट सिउरेनीटार जाने झोलुंगे पुल तरेर गोरखातर्फको विगफिग रिसोर्ट किनार हुँदै विनय दम्पती लागेका थिए । रिसोर्ट नजिकैको किनारबाट त्रिशूलीमा पसेर बगेको देखेपछि झोलुंगे पुल तर्न लागेका स्थानीय कराएका थिए । तत्कालै विगफिग रिसोर्टबाट राजेन्द्र श्रेष्ठ उद्धार सामग्री लिएर त्रिशूली नदी पुगे । त्यतिबेलासम्म जमुना २ छोरासहित नदीमा हराइसकेकी थिइन् । विनयलाई भने पानी पिएको अवस्थामा उद्धार गरिएको हो ।

हाल गजुरी प्रहरीको नियन्त्रणमा रहेका विनयले अब आफू आत्महत्या गर्छु भन्दा श्रीमतीले पनि सँगै मर्ने बताएका कारण परिवारले नै मृत्यु रोजेको बयान दिएका छन् । ‘आमाबाबुको मृत्युपछि नाबालक छोराहरू झनै बिचल्लीमा पर्ने देखेर सँगै लग्नुपरेको हो,’ प्रहरीसँगको बयानमा विनयले भनेका छन् ।

परिवार नै मास्ने योजना बनाएका विनयले १३ जना आफन्त, चन्द्रागिरि, सिद्धेश्वर र नवीन सहकारीलाई ५० हजारदेखि १५ लाख रुपैयाँसम्म तिर्न बाँकी रहेको व्यहोरा सुसाइड नोटमा छ । उक्त ऋण आफ्नो अंशको जायजेथा बेचेर पुगेसम्मको ऋृण तिरिदिन तथा बेचबिखन हुन्जेलसम्म कुर्न पनि ऋणीलाई उनले आग्रह गरेको नोटबाट खुलेको छ ।

सुसाइड नोट फेला परेपछि सम्पर्कमा आएका चन्द्रागिरि सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले विनय सहकारीको सदस्य रहेको र उनले दुई पटकमा १ लाख ५८ हजार रुपैयाँ ऋण लिएको बताए । विनय २०६५ फागुनमा सहकारीको सदस्य बनेका थिए । यसबाहेक उनले अरु दुई सहकारीबाट पनि ऋण लिएको पाइएको छ । उनले आफन्त र अन्य व्यक्तिबाट पनि मिटरब्याजमा ऋण लिएका थिए । ‘केही दिनयता उहाँ निराश हुनुहुन्थ्यो, बोल्दा पनि झर्कने, एकोहोरो जस्तो देखिने व्यवहार हुन्थ्यो,’ विनयका एक साथीले शुक्रबार साँझ भने, ‘म ऋणमा डुबे, जायजेथाले पनि धान्न सक्तैन जस्तो लागिसक्यो भन्ने कुरा गर्नुहुन्थ्यो ।’ ती साथीका अनुसार विनयको थानकोटमा ३ करोडभन्दा बढीको जायजेथा छ ।

सुसाइड नोटमा उल्लेख गरिएअनुसार ८६ लाख रुपैयाँ तिर्नॅपर्ने देखिए पनि गजुरीस्थित प्रहरीलाई विनयले पछिल्लो एक वर्षको अवधिमा करिब डेढ करोड रुपैयाँ घाटा लागेको बयान दिएका छन् । धादिङ प्रहरीका एसपी रवीन्द्र रेग्मीले यी सबैबारे थप अनुसन्धान भइरहेको बताए ।

कमोडिटिजका कारोबारी
व्यवस्थापन विषयका ज्ञाता विनय सेयर मार्केटसँगै कमोडिटिज मार्केटका पनि जानकार हुन् । विनयले परिवारसहित मृत्यु रोज्नुको प्रमुख कारण भने उनले झैं व्यापार घाटा नै देखिन्छ । विनय कमोडिटिजका ‘१३ नम्बर’ दलाल रहेको खुलेको छ । उनी ‘वेस्ट काठमाडौं बिजनेस इन्भेस्टमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत पनि हुन् । प्रहरीले फेला पारेको मोबाइलमा विनयले आफू ऋणमा डुबेको र आफू आबद्ध अनलाइन कारोबार ‘नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालि’ का कार्यकारी निर्देशकलाई ऋणबाट उकास्न गरेको आग्रहसहितको भिडियो सन्देश पनि फेला परेको छ । डेरिभेटिभ एक्सचेन्जमा सूचीकृत २९ अनलाइन संस्था ‘ट्रेन्डिङ मेम्बर’ रहेकोमा विनयको संस्था १३ औं नम्बरको हो । सेयर कारोबार जस्तै कमोडिटिज बजार अपरेसन गर्ने संस्था हो, नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालि । यसमा आफ्नो संस्थामार्फत कारोबार गर्न ३ वटा बैंकमा खाता खोलेर विनयले कारोबार गरेको देखिन्छ । आफ्नो कारोबार घाटामा गएपछि उकास्न उनले चर्को ब्याजमा रकम लिएर लगानी गरेको पनि देखिएको छ ।

विनय दम्पती नै कमोडिटी अनलाइन कारोबारमा आबद्ध थिए । उनीहरू तीनकुनेस्थित नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेडमार्फत बजार भाउ हेरेर सुन, चाँदी, तामा र पेट्रोलियम पदार्थमा बैंक खातामार्फत लगानी गर्थे । सुन लगायतका धातुको मूल्य घट्दा खरिद गर्ने र वृद्धि भएको समयमा बेचेर नाफा लिने गर्थे । खरिद गरिएको वस्तु र रकम अनलाइनमै कारोबार हुन्थे, खरिद/बिक्री गरेको सामानको नाफा/घाटा बैंक खातामै जम्मा हुन्थ्यो । कमोडिटीमा लगानी गर्न विनयले नेपाल बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट र अर्को एक बैंकमा खाता खोलेका थिए । सुरुमा नाफामा गए पनि एक वर्षयता डेढ करोड घाटामा व्यहोरे पनि आफन्त र सहकारीबाट चर्को ब्याजमा ऋण लिए । लगानी गरेको घाटामा जान थालेपछि आफन्तले पनि ऋण पत्याउन छोडेर विनयमा निराशा छाउन थालेको चिनेजानेका व्यक्तिले बताए । आफूबाहेक अन्य थुप्रै व्यक्ति अनलाइन सेयर मार्केटमा डुबेको पनि उनले बताएका छन् ।

आत्महत्या दुरुत्साहनमा अनुसन्धान
ऋणमा डुबेपछि मृत्युको बाटो रोजेका विनयले अन्ततः श्रीमती र दुई अबोध छोरालाई गुमाए । उद्धार गरिए लगत्तै उनी आत्महत्या दुरुत्साहन गरेको कसुरमा पक्राउ परेका छन् । त्रिशूलीबाट उद्धार गरेपछि गजुरी प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । कानूनले आत्महत्या गर्न र उकास्न बर्जित गरेको छ । बालकको बाँच्न पाउने अधिकारसमेत विनयले हनन गरेको एसपी रेग्मीले बताए । प्रहरीसँग विनयले ‘म बाँचेर अनर्थ भो, मर्न दिनुहोस् वा कहिल्यै नछुट्ने गरी कैद पठाउनुहोस्’ भन्ने गरेका छन् । आफूलाई जन्मकैद हुने गरी सजाय गरे मात्रै अनुसन्धानमा सहयोग गर्ने बताएको एक अनुसन्धान अधिकृतले बताए ।

जमुनाको शव परिवारलाई हस्तान्तरण
त्रिशूली नदीमा पसेर ज्यान गुमाएकी विनयकी श्रीमती जमुनाको शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ । शुक्रबार पोस्टमार्टमपछि प्रहरीले शव विनयका दाइ जेठाजु हरिहर लामिछानेको जिम्मा लगाएको हो । पानीमा डुबेर बेपत्ता भएका दुई अबोध बालक अझै भेटिएका छैनन् । शुक्रबार दिनभर पानी परेकाले बेपत्ताको खोजी कठिन भएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x