×

NMB BANK
NIC ASIA

हावाहुरीसहितको वर्षाले वायु प्रदूषण घट्यो, विश्वकै पहिलो प्रदूषित शहर काठमाडौं पुग्यो ​१२ औं स्थानमा

काठमाडाैं | बैशाख २६, २०८१

NTC
Premier Steels

सोमवारदेखिको हावाहुरी र वर्षाले काठमाडौं उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण घट्न थालेको छ ।

Muktinath Bank

‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो तथ्याङ्क अनुसार मङ्गलवार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिवार एक सय ९२, आइतवार एक सय ७६, सोमवार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।


Advertisment
Nabil box
Kumari

एक साताअघि काठमाडौं विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचीकृत भएकामा आज भने घटेर १२ औं स्थानमा उक्लिएको छ।

Vianet communication

आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५९ पुगेको छ ।

जसलाई अस्वस्थ वायु मानिन्छ । यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कङ्गो छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५२ पुगेको छ । ​​​

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताए ।

वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदै गएको उनको भनाइ छ ।

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेती पनि अझै केही दिन वर्षा हुने भएकाले वायु प्रदूषण पनि कम हुँदै जाने बताउँछन् ।

उनका अनुसार शून्यदेखि ५० सम्मको वायु गणुस्तर एक्युआई राम्रो (हरियो संकेत) मानिन्छ ।

५१ देखि एक सयसम्मको एक्युआईलाई होसियार रङ्ग अथवा पहेंलो संकेत, एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।

त्यस्तै, एक सय ५१ देखि दुई सय सम्मको एक्युआईले सबैलाई असर गर्ने, दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थ र सोभन्दा माथि चार सयलाई खतरनाक र  चार सयदेखिमाथि चार सय ५० लाई धेरै खतरा मान्ने गरिएको उप्रेतीले बताए ।

नेपाल सरकारले निर्धारण गरेको काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ ।

वायु प्रदूषण रोक्न फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x