×

NMB BANK
NIC ASIA

अन्नपूर्ण आधार शिविरमा अझै ११ जना बेपत्ता, खोजी जारी

माघ ४, २०७६

NTC
File Photo
Premier Steels

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन्।  

Muktinath Bank

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको  हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीन वटा हेलिकप्टर मार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उनले बताए।  उद्धार गरिएका मध्ये ३० जनालाई पोखरा, छुमरुङ ल्याइएको जनाइएको छ।  स्थलगत रुपमा प्रहरी, स्थानीय र टानको टोली उद्धारमा जारी रहेको छ । 

Vianet communication

सो क्षेत्रमा पाँचदेखि सात फिटसम्म हिउँ परेको कारण कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए। अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भएको छ।  त्यसैगरी अन्नपूर्ण पदयात्रामा गएका चार जना चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन् । 

मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका पर्यटकहरुले आजसम्म थोरङ्ला पार नगरेको तथा सम्पर्कमा नआएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन् । ह्वाङ इहिन (राहदानी नं इजी ११२९६२) र छाथ स्थाउ थिङ( राहदानी नं इओ ५२५६४८०) छन् । दुई जना पुरुषमा मा क्वायन्ली (राहदानी नं इसी ३४६७१०) र एनबड जाड (राहदानी नं इ ६६८७००५) रहेका छन् । 

अन्नपूर्ण संरक्षण कार्यालयबाट घटनाको बारेमा जानकारी प्राप्त हुने वित्तिकै हुन्दे प्रहरी चौकीबाट प्रहरी टोली खटिइ हराएका पर्यटकको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

केही दिनदेखि लगातारको वर्षा तथा हिमपातका कारण पदयात्रामा जाने पर्यटकले सास्ती पाउँदै आएका छन् । विश्व चर्चित अन्नपूर्ण पदयात्राको क्रममा मनाङबाट थोरङ्ला पार गरेर पर्यटक मुस्ताङ हुँदै पोखरा भित्रिने गरेका छन् । -हरि बास्तोला र कृष्ण दवाडी पोखरा/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x