×

NMB BANK
NIC ASIA

मेडिकल काउन्सिलको निष्कर्ष : ‘बालिका मृत्युमा चिकित्सकको कमजोरी देखिएन’

माघ ७, २०७६

NTC
Premier Steels

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको मृत्यु हुनुमा चिकित्सकको नभई अस्पताल व्यवस्थापनको कमजोरी देखिएको नेपाल मेडिकल काउन्सिलले निष्कर्ष निकालेको छ ।

Muktinath Bank

साहको वैशाख १७ गते शल्यक्रिया हुँदा गलत समूहको रगत चढाएको पाँच दिनपछि मृत्यु भएको थियो । ‘ओ पोजेटिभ’ रगत भएकी बालिकालाई शल्यक्रियाका क्रममा ‘ए पोजेटिभ’ रगत चढाउँदा मृत्यु भएपछि त्यसको मेडिकल काउन्सिलले छानबिन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बालिकाको शल्यक्रिया गर्नुअघि अस्पतालले व्यवस्था गर्नुपर्ने चेकलिस्टसमेत थिएन । ल्याबमा बस्नेले तयार गरेको विवरणकै आधारमा बालिकालाई रगत चढाइएको छ । सबैले ल्याबले दिने रिपोर्टलाई विश्वास गरेको देखिन्छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले भने, ‘बालिकाको मृत्यु हुनुमा चिकित्सकको कमजोरी देखिएन । अस्पताल व्यवस्थापनको कमजोरीले बालिकाको मृत्यु भएको पाइयो ।’ शल्यक्रिया गर्ने चिकित्सकको कमजोरी नभए पनि नैतिक जिम्मेवारी भने लिनुपर्ने भन्दै सचेतपत्र दिइएको उनले बताए । काउन्सिलले तयार पारेको प्रतिवेदनमाथि विज्ञ चिकित्सक संयोजक रहेको समितिमा समेत छलफल भइरहेको रजिस्ट्रार अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

सहन्यायाधिवक्ता, प्रहरी, स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारीलगायत सदस्य रहेको उक्त समितिले अनुसन्धान गर्दा कसैको कमजोरी भेटिए मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ । यसअघि उच्च अदालत पाटनले यस घटनाका सम्बन्धमा मेडिकल काउन्सिल र सरकारी वकिल कार्यालयसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

Vianet communication

मैले बिरामी नहेरी कसरी मेरो गल्ती ?

यसैबीच अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले उक्त शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । ‘म शल्यक्रियामा संलग्न थिइनँ । बेहोस बनाउने टिममा पनि थिइनँ । न त उनलाई चढाइएको रगत मेरो सिफारिसमा भएको हो,’ अधिकारीले भने, ‘यो घटनामा मेरो कुनै संलग्नता र कमजोरी नभएको भनेर काउन्सिलले पत्र दिइसकेको छ । मेरो बेइज्जत गर्न मात्रै यस्तो आरोप लगाइएको हो ।’ यसअघि पीडित पक्षले उक्त घटनाको छानबिन जारी रहेको भन्दै डा. अधिकारीलाई निर्देशक बनाइएकामा आपत्ति जनाएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x