×

NMB BANK
NIC ASIA

आस्थासँग प्रहरीको ‘प्रतिशोध’

माघ ८, २०७६

NTC
तस्वीर सौजन्य: नयाँ पत्रिका
Premier Steels

सुरक्षा चेकजाँचका क्रममा प्रहरी र सर्वसाधारणबीच प्रायः विवाद भइरहन्छन् । अझ विमानस्थलमा त यस्ता घटना पटक–पटक हुने गरेको छ । गत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच पनि सामान्य विवाद भयो । विवाद तत्कालका लागि भनाभनमा गएर टुंगियो । त्यही विषयलाई लिएर पछि गायिका राउतले प्रहरीप्रति आक्रोश पोख्दै आफूलाई अभद्र व्यवहार गरेको भन्दै गाली गरेर भिडियो फेसबुकमा राखेपछि विवाद फेरि सुरु भयो ।

Muktinath Bank

आस्थाको भिडियोले प्रहरी संगठनमा आँच पुगेको भन्दै प्रहरीले पनि विमानस्थलमा उनले महिला प्रहरीसँग झगडा गरेको सिसिटिभी फुटेज सार्वजनिक गरिदियो । त्यसअघि नै आस्थाले गल्ती महसुस गर्दै फेसबुकमा बोलेका कुराप्रति माफी मागिसकेकी थिइन् । तर, प्रहरी यतिवेला उनलाई जसरी नै पक्राउ गर्न अग्रसर देखिएको छ । प्रहरी जवान श्रेष्ठलाई उजुरी दिन लगाएर अभद्र व्यवहारसम्बन्धी मुद्दामा आस्थाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरिएको छ । सामान्य विवादमा प्रहरी गायिका राउतविरुद्ध प्रतिशोधमा उत्रिएको भन्दै प्रहरी कदमको आलोचना हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चेकिङका क्रममा भएको दुव्र्यवहारभन्दा पनि फेसबुकमा प्रहरीलाई गाली गरेको विषयलाई लिएर प्रहरी उनीमाथि मुद्दा चलाउन लागिपरेको छ । सोही कारण प्रहरीको कदमको आलोचना भएको हो । धेरैले प्रहरीको यस्तो कदम गलत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । खासगरी, कलाकारहरू प्रहरीको कदमको विरोध गरिरहेका छन् । पूर्वप्रहरी अधिकारीहरूसमेत यस्तो विवादलाई मुद्दा चलाउनुपर्ने अवस्था नभएको बताउँछन् । 


Advertisment
Nabil box
Kumari

महिला प्रहरीको जाहेरीमा आफूलाई अपशब्द बोलेको र पछि फेसबुकमा भिडियो राखेर गाली गरेको उल्लेख छ । मुद्दा चलाउनुपर्ने नै दुव्र्यवहार हो र ? भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘ड्युटीमा खटिने महिला प्रहरीलाई उनको व्यवहारले कति असर परेको होला ? जाहेरी आएपछि हामीले कारबाही नगर्न मिल्दैन, यो सबैभन्दा न्यूनतम कारबाही हो । प्रहरीमाथि हुने दुव्र्यवहारको सांकेतिक कारबाही हो ।’ 

Vianet communication

ड्युटीमा खटिने प्रहरीको मनोबल बढाउन यस्तो कारबाही गर्न लागेको प्रहरी अधिकारीहरूको दाबी छ । तर, यो घटनामा प्रहरीको समेत गल्ती देखिन्छ । उनले गायिका राउतको झोलामा कफीको ग्लास हालिदिन खोज्छिन् । उनले पनि गाली गरेको देखिन्छ । सुरुमै आफूलाई तँ भनेर रुखो व्यवहार गरेको गायिका राउतको भनाइ छ । गायिका राउत यतिवेला सिक्किममा छिन् । नेपाल आएपछि उनलाई नियन्त्रणमा लिई बयान गराएर मुद्दा चलाउने प्रहरीको तयारी छ । यस्तो मुद्दामा एक वर्षसम्म कैद सजाय हुने गरेको छ । तर, सामान्यतया आरोपीहरू न्यूनतम धरौटीमा छुट्ने गर्दछन् । प्रहरीमा जाहेरी दर्ता भए पनि सरकारी वकिलले मुद्दा नचलाउने निर्णयसमेत गर्न सक्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेललाई यो विषय फौजदारी मुद्दा चलाउनैपर्ने खालको विषय लाग्दैन । ‘मैले पनि एयरपोर्टको सिसिटिभी भिडियो हेरेँ,’ आयोगमा प्रहरीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारीसमेत पाएका पौडेलले भने, ‘त्यो हेर्दा प्रहरी र गायिका दुवैको गल्ती देखिन्छ । त्यसकारण, त्यतिकै आधारमा आपराधिक मुद्दा चलाउनु गलत हो ।’ 

 विमानस्थलमा भएको के थियो ?
विमानस्थलको चेकिङका क्रममा ज्याकेट खोल्ने विषयलाई लिएर गायिका राउत र प्रहरी जवान श्रेष्ठबीच विवाद सुरु भएको थियो । सुरुमा उनी नियमविपरीत हातमा कफीको ग्लास लिएर चेकिङमा प्रवेश गर्छिन् । प्रहरी जवानले उनको हातको कफी लिएर छेउको टेबुलमा राख्दै ज्याकेट खोल्नैपर्ने बताएपछि राउत रिसाएर ज्याकेट खोली एक्सरेमा राखेर आएर बडी सर्च गराउँछिन् । जवानले उनको कफी फिर्ता दिन खोज्दा उनले लिन मान्दिनन् । उल्टै प्रहरीसँग मुखामुख गर्छिन् । महिला प्रहरीले उनको झोलामा जबर्जस्ती कफी राखिदिन खोज्दा पोखिन्छ । त्यसपछि दुवैबीच भनाभन हुन्छ । 

यही घटनालाई लिएर गायिका राउतले फेसबुकमा प्रहरीलाई गाली गर्दै भिडियो राखेपछि विवादमा परेकी हुन् । विमानस्थलमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दा पनि फेसबुकमा गाली गरेको कारण प्रहरीले उनलाई कारबाही गर्न खोजेको देखिन्छ । महिला प्रहरीलाई दुव्र्यवहार गरेका कारण मुद्दा चलाउन लागेको भए त्यहीवेला प्रहरीले उनलाई नियन्त्रणमा लिन सक्थ्यो । त्यतिवेला प्रहरीले कुनै मतलब गरेको देखिन्न ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x