×

NMB BANK
NIC ASIA

भारतले अन्तरिक्षमा मानव सदृश रोबोट पठाउने (भिडियो)

माघ ९, २०७६

NTC
Premier Steels

भारतीय अन्तरिक्ष नियोग इसरोले सन् २०२० को डिसेम्बर महिनामा गगनयानमा मानवरहित मिसनअन्तर्गत मानव सदृश (हाफ ह्युमनोइड) व्योममित्र पठाउने भएको छ । 

Muktinath Bank

यो महिला रोबोट गगनयानमा भारतीय अन्तरिक्षयात्रीहरूसँग जाने छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इसरो प्रमुख डा के सिवनले व्योममित्र अन्तरिक्षमा हुने गतिविधि र गगनयानको कार्यप्रणालीमाथि निगरानी गर्नका लागि पठाउन लागिएको बताए । अन्तरिक्षमा मानिसमाथि कस्तो असर पर्छ भन्ने जानकारी व्योममित्रले दिनेछ । अनि गगनयानको सम्पूर्ण प्रणालीले सही रूपमा काम गरेको नगरेको जानकारी पनि व्योममित्रले दिनेछ । 


Advertisment
Nabil box
Kumari

व्योममित्र रोबोटको गोडा छैन । यसको कम्मरसम्मको भाग मात्र बनाइएको छ त्यसैले यो हाफ ह्युमनोइड हो । 

Vianet communication

अन्तरिक्षयात्रीसहितको गगनयान पठाउनुअघि रोबोटलाई पठाउन लागिएको हो । यसले अन्तरिक्षयात्रीहरूसँग संवाद गर्ने, तिनीहरूलाई चिन्ने र तिनीहरूको प्रश्नको उत्तर दिने काम गर्छ । 

बुधवार बेंगलुरुमा आयोजित अन्तरिक्षयात्रा सम्बन्धी एक सेमिनारको उद्घाटन सत्रमा व्योममित्र नै आकर्षणको केन्द्र थियो ।

‘सबैलाई नमस्कार । म व्योममित्र हुँ र पहिलो मानवरहित गगनयानका लागि बनाइएको हुँ,’ रोबोटले आफ्नो परिचय दिँदै भन्यो । 

रोबोटसँग मोड्युल प्यारामिटरको निगरानी गर्ने, अन्तरिक्षयात्रीहरूलाई सचेत बनाउने र जिन्दगी बचाउने अपरेसनहरू गर्ने लगायतका क्षमता छन् । 

इसरो प्रमुख सिवनले मानिसका सबै गतिविधिलाई व्योममित्रले अनुकरण गर्ने बताए । 

गगनयान मिसनअघि इसरोले दुईवटा मानवरहित मिसन पठाउनेछ । 

मानवसहितको मिसनका लागि चारजना भारतीय वायुसेनाका पाइलटहरूलाई शर्टलिस्ट गरिएको छ । उनीहरू अहिले रुसमा ११ महिनाको तालिम कार्यक्रममा भाग लिइरहेका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x