×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको अनुदानका ७० प्रतिशत आयोजनामा ‘अनियमितता’

माघ ११, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सुर्खेत जिल्लामा अनुदान वितरण गरिएको कार्यक्रममा ७० प्रतिशतभन्दा बढी योजनामा अनियमितता भएको आशंका व्यक्त गरेको छ ।

Muktinath Bank

सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ६ करोड तथा कृषि मन्त्रालयले वितरण गरेको विभिन्न आयोजनामा अनियमितता भएको आशंका व्यक्त गरेको समितिका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्य सिता नेपालीको संयोजकत्वमा गठित अनुगमन उपसमितिको प्रारम्भिक निष्कर्ष अनुसार अनियमितता भएको आशंका गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार समितिको कार्यालयमा भएको बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले उपसमितिले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार अनियमितता भएको भए अनुदान दिने प्रक्रियामा परिवर्तन आवश्यक रहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘समितिले सधैं प्रतिवेदन सरकारलाई बुझाउँदै आएको छ तर सरकारले कार्यान्वयनमा चासो देखाएको छैन । समितिले दिएको प्रतिवेदन चानचुने होइन । हेरेको हेर्‍यै बनाउने भए किन समितिले हात हाल्ने ?’ उनले भने, ‘अनुदान वितरणमा गम्भीर त्रुटि भएको हो कि भन्नेमा सरकारको ध्यान जान आवश्यक छ । हाल बजेट पार्ने र अनुगमन नगर्ने परिपाटी बस्दै आइरहेको छ । सबै तहका सरकारले बजेट परेको स्थानमा काम भएको छ कि छैन ? अनुगमन गर्न आवश्यक छ ।’ उनले कामको नियमित जाँच गर्ने, अनुदान दिँदा उपयुक्त विधि प्रक्रिया अवलम्बन गरेर दिने गर्नुपर्ने बताए । 

Vianet communication

समितिका सदस्य कुर्मराज शाहीले रातो किताबमा आएका योजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोक्न मिल्छ कि मिल्दैन भन्दै सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई सोधेका थिए । उनका अनुसार पर्यटन मन्त्रालयले बजेट विनियोजन गरेको तटबन्ध तथा पदमार्गको बजेट कार्यान्वयनमा गएको छैन । उनले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बाँडेको अनुदानबारे स्थानीय क्षेत्रका जनप्रतिनिधिलाई नै जानकारी नहुने बताए ।

‘हामी त्यही क्षेत्रका जनप्रतिनिधि हौं । हामीलाई कहाँ कति अनुदान दिइयो भन्ने कुराको जानकारी नै हुँदैन । मन्त्रीका पीएहरू अनुगमनमा जाने र उनीहरूको प्रतिवेदनका आधारमा रकमको भुक्तानी भइरहेको हामीले पाएका छौं,’ उनले भने ।

समितिका अध्यक्ष थापाले उद्योग मन्त्रालयले पहिल्यै खरिद भइसकेका मशिनमा लगानी गरेको बताए । ‘मशिनरी प्याड निर्माण गर्ने उद्योगका लागि सरकारले अनुदान दिएको थियो,’ उनी भन्छन्, ‘हामी गएर त्यहाँ बुझ्दा मशिन पहिल्यै ल्याइसकिएको र मन्त्रालयले दिएको अनुदान ऋण तिर्दा सकिएको कुरा थाहा पायौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x