×

NMB BANK
NIC ASIA

रियालिटी शोकी प्रतियोगीले स्टेजमा पाइन् आमाको मृत्युको खबर, आँसु बरर (भिडियो)

माघ १२, २०७६

NTC
Premier Steels

इन्डोनेसियामा बस्ने १४ वर्षीया जान्नाहले किशोरावस्थामै जीवनका अनेकौं हण्डरको अनुभव गर्नुपरेको छ । 

Muktinath Bank

गरीब परिवारकी जान्नाहका बुवा बितिसकेका छन् । उनको मामाले अहिले परिवारको भरणपोषण गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गरीबीले आक्रान्त परिवारले पेट पाल्नका लागि मजदूरी गर्नुको विकल्प छैन । तर मजदूरीले खानलाउन मात्र पुग्छ, बिरामी आमाको उपचार त्यसबाट सम्भव छैन । 


Advertisment
Nabil box
Kumari

त्यसैले जान्नाह आफ्नो प्रतिभाबाट पैसा कमाउन सकिन्छ भनी सोच्छिन् । उनको गलामा जादू छ र उनी मीठो गीत गाउन सक्छिन् । 

Vianet communication

अनि उनी इन्डोनेसियाको लोकप्रिय रियालिटी शो लिगा दाङदुतमा भाग लिन पुग्छिन् । उक्त प्रतियोगितामा विजेतालाई ४२ लाख रुपैयाँ दिइन्छ । मधुमेहले थलिएकी आमाको उपचारका लागि उक्त रकम उपयोगी हुन्छ भन्ने थाहा पाएरै उनले त्यसमा भाग लिएकी हुन् । 

दाङदुत इन्डोनेसियाको लोकसंगीत हो र त्यसमा हिन्दी, अरबी र मलय शैलीको मिश्रण पाइन्छ । प्रतियोगितामा त्यही संगीतको सर्वोत्कृष्ट गायकको खोजी गरिन्छ ।

प्रस्तुतिका क्रममा जान्नाहले केजोरा गीत गाउँछिन् । त्यसपछि उनी मुरा कसिह बूँदा गीत गाउँछिन् । गीत सुनेपछि निर्णायक डेवी फारसिकिकको आँखा रसाउँछ । डेबी आफैं पनि दाङदुतकी उम्दा गायिका हुन् ।   

उनको प्रस्तुतिलाई निर्णायकहरूले औधी मन पराउँछन् र उनी प्रतियोगिताको अर्को चरणमा सजिलै पुग्छिन् । 

अर्को चरणमा पुगेको खबर आमालाई सुनाउन उनी लालायित हुन्छिन् । आमाको उपचारका लागि पैसा जुटाउनलाई प्रतियोगिता जित्ने बाटोमा कदम अघि बढिरहेकोमा उनमा उत्साह आउँछ ।

तर आमालाई फोन गरेपछि उनका सबै उत्साहहरू खरानी बन्न पुग्छन् । आमाको फोन जान्नाहका काका पाक मसले उठाउँछन् र भन्छन्, ‘नानी, तिम्री आमा त भर्खर अघि बित्नुभयो ।’

फोनमा आवाज पनि प्रस्टसँग सुनिँदैन तर काकाले जान्नाहलाई भन्छन्, ‘जान्नाह, तिम्रो आमाले तिमीलाई मजबूत हुनू भन्नुभएको छ किनकि परिवारको हेरचाह अब तिमीले गर्नुपर्छ । हामीहरू तिम्री आमालई एकदमै माया गर्थ्यौं तर अल्लाहले उनलाई हामीभन्दा बढी माया गर्नुभयो र आफूकहाँ बोलाउनुभयो । तिम्री आमा बित्नुभयो ।’

यो सुनेपछि जान्नाह आँसु रोक्न सक्दिनन् र आफ्ना सबै पीडालाई आँसुमार्फत स्टेजमै व्यक्त गर्छिन् । 

हातले मुख छोप्दै उनी सुँक्कसुँक्क गरिरहन्छिन् अनि निर्णायकहरू देवी फारसिक, बेनीको र नासेर स्टेजमा उनलाई सान्त्वना दिन पुग्छन् । उनीहरू पनि आफ्नो आँसु थाम्न सक्दैनन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x