कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
गत मंगलवार टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि वीरेन्द्रनगर बजार बन्द आह्वान गरिएको छ ।
विहीवार मात्रै टिप्प्पर चालक र पीडित पक्षबीच सहमति भएपछि शुक्रवारबाट वीरेन्द्रनगर खुलेको छ ।
तर शुक्रवार बिहान ८ बजे वीरेन्द्रनगरको पिपिरा चोकमा लु१ख ७६७० नम्बरको ट्रकले भे१त ७५७९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा चालक तथा सवारीधनी जाजरकोटको जुनिचाँदे–१ घर भइ वीरेन्द्रनगर–१२ बस्दै आइरहेका प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो ।
मृतकका आफन्तले ट्रक चालकलाई हदैसम्मको कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । पीडित पक्षले मृतकको शव बुझेका छैनन् भने सहमति नहुँदा पोस्टमार्टम समेत हुन सकेको छैन । शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ ।
आन्दोलनअन्तर्गत माघ १९ गते वीरेन्द्रनगरबाट भित्रिने/बाहिरिने तथा बजारभित्र चल्ने सम्पूर्ण सवारीसाधन बन्द गराउने, माघ २० गते वीरेन्द्रनगर भित्रका सम्पूर्ण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सरकारी कार्यालय पूर्णरुपमा बन्द आह्वान गरिएको छ ।
प्रशासनले उचित क्षतिपूर्तिसहित सहमति जुटाउनुको सट्टा शव उठाउन आफन्तलाई एकतर्फी दबाब दिएको आरोप पीडित परिवार संघर्ष समितिका संयोजक कृष्णबहादुर कार्कीले लगाएका छन् । उनले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् ।
पीडित परिवारले ट्रक चालक र धनीलाई कानून बमोजिम कारबाही, मृतकका बालबालिकाको सम्पूर्ण पठनपाठनको जिम्मेवारी ट्रक चालक र धनीले लिनुपर्ने, मृतकको परिवारलाई बीमाबाहेक थप क्षतिपूर्ति दिनुपर्ने, घाइतेलाई पूर्ण उपचारको व्यवस्था, दुर्घटनामा परेको ट्रयाक्टरको जिम्मा ट्रकधनीले लिनुपर्ने माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने कालिकोटको जस्तो घटना नभएको बताए । ‘ट्रक तथा ट्रयाक्टर व्यवसायी समितिकै गाडी भएका कारण उनीहरूले नै मिलाउनुपर्थ्यो,’ उनी भन्छन्, ‘हामीले कानूनी कारवाही गर्ने हो । चालकलाई नियन्त्रणमा लिइ प्रक्रिया अगाडि बढाइरहेका छौं ।’
सुर्खेतलाई अशान्त हुन दिने पक्षमा प्रशासन नरहेको उनले बताए । ‘क्षतिपूर्ति बढी माग्ने, सार्वजनिक सम्पतिमाथि आक्रमण गर्ने प्रवृत्ति बढेको छ । हामी चुप लागेर बस्दैनौं,’ उनले भने ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...