×

NMB BANK
NIC ASIA

गेटा मेडिकल कलेज

१५ अर्बका संरचनामा दुई मन्त्रालयको लडाइँ : गेटामा मेडिकल कलेज कि प्रतिष्ठान ?

माघ २२, २०७६

NTC
Premier Steels

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल गत माघ ८ गते निर्माणाधीन गेटा मेडिकल कलेजको स्थलगत अनुगमन गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुप दिने भन्दै फर्किए ।

Muktinath Bank

उनले संघीय सरकारले प्रत्येक प्रदेशमा १ अस्पताल र १ प्रतिष्ठान बनाउने नीति लिएको बताउँदै सो कलेजलाई प्रतिष्ठान बनाउने घोषणा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसँगै रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रतिष्ठान बनाउन स्वास्थ्य मन्त्रीले नेतृत्व लिनुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

‘गेटा मेडिकल कलेज’को नामबाट भौतिक संरचना निर्माण भइरहँदा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने चर्चा अगाडि बढेको छ । यसअघि समेत मन्त्री भट्टको जोडबल प्रतिष्ठान बनाउनमै हो । पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले समेत प्रतिष्ठान बनाउने कुरामै जोड दिएका थिए ।

Vianet communication

तर कलेजको रुपमा भौतिक निर्माणको कार्यले तीव्रता पाएको बेला प्रतिष्ठान बनाउने बहस चुलिएपछि सञ्चालनको मोडालिटीमा अन्योल सिर्जना भएको छ । कलेजभन्दा प्रतिष्ठान बनाउँदा स्वायत्त बढी हुने भन्दै प्रतिष्ठानको पक्षमा जोडबल देखिएको छ ।

गेटा मेडिकल कलेजको विषयमा संघीय सरकारका २ मन्त्रालयबीच सञ्चालन स्वामित्वको लडाइँ समेत भित्रभित्रै देखिएको छ । हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वामित्वमा रहेको कलेज प्रतिष्ठान बनेपछि स्वामित्व हस्तान्तरण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भित्रभित्रै रस्साकस्सी बढेको जनाइएको छ ।

शुरूदेखि नै अन्योल

सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो तर प्रारुपबारे २०६५ सालदेखि नै अन्योल देखिएको छ । अन्योलको पुष्टि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति लेखराज भट्ट गर्छन् ।

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कलेजको स्थलगत अनुगमनको क्रममा मन्त्री भट्टले भने, ‘२०६५ सालदेखि कलेजको काम अघि बढेको थियो । दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अघि बढाउन विधेयकको मस्यौदा पनि तयार गरिएको थियो तर २०६८ सालमा संविधानसभा विघटन भएपछि त्यसको काम अघि बढ्न पाएन । अब यसलाई प्रतिष्ठानका रूपमा अघि बढाउन पहल भइरहेको छ ।’

पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले केही व्यक्ति तथा मन्त्रालयबीचको स्वार्थको कारण प्रतिष्ठान बन्न नदिने खेल भइरहेको आरोप लगाए । आफू मन्त्री हुँदा समिति गठन नै गरेर प्रतिष्ठानको प्रक्रिया बढाएको बताउँदै उनले पछि सरकार परिवर्तन भएपछि सो प्रक्रिया प्रभावित भएको बताए । मन्त्रालयबीचको स्वामित्वको लडाइँको कारण अन्योल देखिएको उनको दाबी छ ।

पूर्व स्वास्थ्यमन्त्री चौधरीले भने, ‘प्रतिष्ठानले यहाँको स्वास्थ्य क्षेत्रमा दीगो सुधार ल्याउन सक्छ । किनकि त्यो स्वायत्त नै हुन्छ । यहाँ सबैको स्वार्थ बाझिएको छ । खासगरी प्रतिष्ठान बनाउनमा प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल पनि सराकारात्मक हुनुहुन्न । यहाँ आएर उहाँले पोलिटिकल भाषा मात्रै बोलेर जानुभयो, बिर्सनुभयो । मलाई त प्रतिष्ठान बन्नेमा आशंका नै लाग्छ ।’

प्रतिष्ठान नै किन ?

हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माणाधीन गेटा मेडिकल कलेजसहित ५ कलेजलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्न विधेयक अगाडि बढाएको छ । जुन विधेयक संसदबाट पारित हुन भने बाँकी नै छ तर अर्कोतिर हाल एकल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्नुपर्ने बहस उठान भएको हो ।

‘मेडिकल कलेज भए अस्पताल सञ्चालन भएको ३ वर्षपछि मात्रै कलेजको पढाइ शुरू गर्न पाइने मापदण्ड रहेको छ,’ निर्देशक साउँदले भने, ‘अन्य विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने बाध्यकारी नियम छ । सरकारबाटै सञ्चालित भएपनि परनिर्भरता बढी हुुन्छ तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल सँगसँगै शुरू गर्न सकिने र आफैंमा स्वायत्त भई सम्पर्ण अधिकार आफैंमा रहने भएकाले यहाँ यसको बहस चलेको छ ।’ 

गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभूत भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको बेला हालसम्म कुन प्रारुपमा सञ्चालन गर्नेबारे टुंगो नलाग्दा तयार भएका भवन पनि प्रयोगविहीन बन्ने आशंका पनि बढ्दै गएको छ तर सञ्चालनको प्रारुप ठूलो समस्या नभएको निर्देशक साउँदको तर्क छ ।

७ प्याकेजमा संरचना निर्माण

निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा रहेको छ । गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउँदले प्रशासनिक, कलेज र अस्पताल भवनको काम अन्तिम चरणमा रहेको जानकारी दिए ।

‘७ प्याकेजमा २६ वटा संरचना निर्माण भइरहेको छ,’ गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक साउँदले भने, ‘सबै भौतिक संरचनाको निर्माण अवस्था हेर्दा ६५ प्रतिशत काम भइसकेको छ भने उपकरण लगायतलाई जोड्दा ४० प्रतिशत काम भएको छ ।’ 

उनका अनुसार छात्रछात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शव गृह, अक्सिजन प्लान्ट र थप ३ सय शय्याको अस्पतालको भौतिक संरचना निर्माण कार्य भइरहेको बताए ।

निर्देशक साउँदका अनुसार कलेजको साविक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ८ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यद्यपि हाल सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको छ ।

मेडिकल कलेजको भौतिक संरचना निर्माणमा पहिलो चरणमा ३ अर्ब ६८ करोड रुपैयाँ खर्च हुँदैछ भने चालू आर्थिक वर्षमा १ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन भएको मेडिकल कलेज निर्माण कार्यालयले जनाएको छ ।

पहिलो चरणको निर्माण कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाइएको छ । लगत्तै दोस्रो चरणको कार्य शुरू गरिने छ । निर्देशक साउँदका अनुसार दोस्रो चरण अन्तर्गत फर्निचर, फर्निसिङ, अस्पतालको उपकरण, कम्पाउन्ड वाल, फोहोर व्यवस्थापन, पानी आपूर्ति व्यवस्थापन, आन्तरिक सडक निर्माण, २ वटा छात्रावास थप, १ वटा नर्सिङ होस्टेल थप, प्रोफेसर क्वाटरलगायत संरचना निर्माण हुनेछन् । २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी योजना रहेको छ ।

२०६५ सालमा प्रतिष्ठान स्थापना गर्न पहल शुरू भएपछि २०७१ सालमा मेडिकल कलेजका रूपमा प्रशासनिक भवनको बोलपत्र आह्वान गरिएको थियो । रुख क्षेत्रमा सो भवन परेपछि २ वर्षसम्म निर्माण कार्य अघि बढ्न सकेको थिएन । मेडिकल कलेजको भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x