×

NMB BANK
NIC ASIA

नक्कली बीउबाट ठगिएका किसानले गरे मन्त्रालय घेराउ, ‘सरकार ठगसँग मिल्यो’ !

माघ २२, २०७६

NTC
Premier Steels

खेतमा रोपिएको धानको बोटमा बाला नलागेपछि कृषि प्राविधिकको टोली वास्तविकता बुझ्न गत असोज ८ गते नै कैलालीको मसुरिया क्षेत्रको स्थलगत अनुगमन गर्‍यो । 

Muktinath Bank

गरिमा, सिन्दुरीलगायत हाइब्रिड जातको बिउ प्रयोग गरेका पीडित किसानको विवरण संकलन गर्‍यो । सरकारले बिक्रेताबाट क्षतिपूर्ति भराउने र कारवाही गर्नेसम्मको आश्वासन किसानलाई दियो तर ४ महिना बित्नै लाग्दा समेत ठग कम्पनीलाई सरकारले कुनै कारवाही नगरिएपछि पीडित किसान सडकमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार कैलालीका किसानले सुदूरपश्चिम प्रदेशका मन्त्रालय समेत घेराउ गरेका छन् । किसानले मुख्यमन्त्री कार्यालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय घेराउ गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

धनगढी पुगेकी कैलालीको गौरीगंगा नगरपालिका–११ निवासी वसन्ती बोगटीले १२ कठ्ठामा रोपिएको धान नफलेपछि भोकमरी निम्तिएको बताइन् । अहिलेदेखि नै चामल खरिद गरेर खान थालेको उनले दुखेसो सुनाइन् तर ठग कम्पनीलाई सरकारले कुनै कारवाही नगरेको भन्दै उनले दुःख पोखिन् ।

Vianet communication

गौरीगंगा नगरपालिका–७ का मणिरन्त कँडेलले धान नफलेपछि ऋण लिएर भएपनि गुजारा चलाइरहेको बताए । ठगलाई कारवाही र क्षतिपूर्तिको लागि सरकारलाई दबाब दिन धनगढीसम्म पुगेको बताए ।

सरकारले प्रमाणीकरण गरेको बिक्रेताले नक्कली बिउ बिक्री गरेर आफूहरू ठगेपनि सरकारले हालसम्म कारवाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाएका छन् । सरकार नै ठग व्यापारीसँग मिलेको किसानको आरोप छ ।

गरिमा र सिन्दुरी धान पीडित संघर्ष समितिका संयोजक बासु गुरागाईले सरकार अझैसम्म किसानको समस्याप्रति संवदेनशील नभएको बताए । संयोजक गुरागाईले नक्कली बीउ बिक्रेतालाई सरकारले कारवाही नगरे सरकारविरुद्ध कडा संघर्ष गर्ने समेत चेतावनी दिए । उनले सरकार र बिक्रेताबीच मिलेमतोको आशंका समेत व्यक्त गरे ।

किसानको ज्ञापनपत्र बुझ्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बीउको समस्या देशभरकै किसानको समस्या रहेकाले संघीय सरकारले नै लगत संकलनदेखि अन्य कारवाहीको प्रक्रिया थालेको बताइन् । जुनकारण हालसम्म संघीय सरकारको निर्णयको पर्खाइमा रहेपनि किसानको समस्याप्रति गम्भीर रहेको उल्लेख गरिन् । किसानलाई क्षतिपूर्ति वितरण गरिने र ठग बिक्रेतालाई कारवाही गरिने समेत मन्त्री चौधरीको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका २ हजार ३६५ जना किसान प्रभावित भएका छन् । कैलालीमा ७ करोड ५८ लाख ९४ हजार ३७१ रुपैयाँ र कञ्चनपुरमा १ करोड ९ लाख ११ हजार २२८ गरी ८ करोड ६८ लाख ५ हजार ५९९ रुपैयाँ क्षति भएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x