कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
सिस्नपानी नेपालले गायिका मेनुका पौडेलालाई सम्मान गरेको छ। घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई एक लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।
सम्मान ग्रहरणपछि गायिका पौडेलले राष्ट्र गायन गरेकी थिइन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी थिए ।
‘राष्ट्र' शीर्षकको गीत शिशिर योगीले गाएका थिए । गीतको शब्द टंक आचार्यको रहेको थियो । संगीत संयोजन अशोक राईले गरेका थिए ।
सीता सुवेदी र सरोज लामिछानेले विशेष नृत्य र चित्रकला देखाएका थिए भने लक्ष्मण गाम्नागे र अर्जुन पराजुलीले कविता प्रस्तुत गरेका थिए।
अबको नेपालबारे प्रेन्सा रेग्मीले आफ्नो विचार प्रस्तुत गरेकी थिइन् भने मिथिला नाट्य परिषद्ले देशभक्त झल्किने मिथिला नृत्य देखाएको थियो । नेपाली सेनाले जय जय जय गोर्खाली शीर्षकको गीतमा राष्ट्रभक्ति नृत्य देखाएको थियो ।
मनोज गजुरेल र चक्र दवाडीले शहिदगेट शीर्षकममा प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा भक्तराज आचार्य स्मृति गीत प्रस्तुत गरिएको थियो । जसममा दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीता राना प्रधान, लोचन भट्टराई, कुन्ति मोक्तान, देविका बन्दना, आनी छोइङ, धिरेन्द्र प्रेमर्षि, सत्यराज र स्वरुपराज आचार्यले सामूहिक प्रस्तुति दिएका थिए।
कार्यक्रमका परिकल्पनाकार तथा संयोजक टंक आचार्यले राष्ट्र हामी सबैको आस्था र आमा रहेको भन्दै भूगोल जनता सरकारभन्दा माथि राष्ट्र रहनुपर्ने सन्देश दिन कार्यक्रम निर्माण गरेको बताए । ‘राष्ट्र भन्नु मुर्त कुराका साथै अमूर्त भाव र सम्मान पनि हो । आज यति सुन्दर राष्ट्र छोडेर जिविकोपार्जनका लागि विदेशीने कर्मशिल नेपाली र सँधैको लागि विदेश पलायन हुनेको संख्या निकै बढेको छ। कतिपय नागरिक यसै राष्ट्रमा बसेर पनि निराशाको बादलमा रूमलिएको पाइन्छ। राष्ट्र निर्माणमा अतुलनिय योगदान दिने कति व्यक्ति र विषय ओझेलमा परेका छन्’, संयोजक आचार्यले भने, ‘यसै सन्दर्भमा नेपाली समाजको एकता र समृद्धि राष्र् र राष्ट्रियताप्रतिको भकक्तिभाव एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्नने उद्देश्यले ‘राष्ट्र’ शिर्षकमा कार्यक्रम गरिएको हो। मानवमूल्य र इतिहिप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरि साहित्य कला र विचारको कार्यक्रम गरिएको हो।'
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...