×

NMB BANK
NIC ASIA

जनकपुरधाम, ५ माघ- स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत भनिने चन्द्रकान्त राउतलाई गिरफ्तार गर्न धनुषा प्रहरीले शुक्रबार बिहानैदेखि घेराबन्दी गरेको छ ।

Muktinath Bank

प्रहरी निरीक्षक रामकिशोर साहको कमाण्डमा खटिएका करिब दुई दर्जन प्रहरीले जनकपुर उपमहानगरपालिका- ४ परिक्रमा सडकखण्डको माछा बजारस्थित सीके राउत बहालमा बस्दै आएको घरलाई घेराबन्दी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंह आफैं पनि राउत बस्दै आएको घरसम्म पुगी वस्तुस्थिति बुझेर फर्किएका छन् ।


Advertisment
Nabil box
Kumari

आज माघ ५ गते बलिदानी दिवसको अवसरमा राउतले आमसभा आयोजन गर्न सक्ने तथा विखण्डनवादी गतिविधि बढाउन सक्ने आशंकामा प्रहरीले राउतलाई पक्राउ गर्न खोजेको हो । राउतलाई आज घरबाट निस्किन र कुन विखण्डनकारी गतिविधि गर्न नदिने र आवश्वक परे पक्राउ गर्ने प्रहरीको तयारी छ ।

Vianet communication

उपेन्द्र यादव नेतृत्वको तत्कालीन जनअधिकार फोरमले गरेको आन्दोलनका क्रममा ०६३ साल माघ ५ गते सिराहाको लहानमा रमेश महतो शहीद भएको दिनको सम्झनामा मधेशकेन्द्रित दलहरुले बलिदानी दिवस मनाउने गरेका छन् ।

राउत नेतृत्वको गठबन्धनले गत वर्ष आजकै दिन सिरहाको एक विद्यालय प्राङ्गणमा आमसभा गरेको थियो । त्यसैक्रममा दिएको अभिव्यक्तिलाई लिएर सिरहा प्रहरीले पक्राउ गरी राउतविरुद्ध राज्य विप्लवको मुद्दा चलाएको थियो ।

राउतलाई यसअघि गत मांसिर १० मा पनि पक्राउ गरिएको थियो । निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका राउत पछि जिल्ला अदालत धनुषाबाट साधारण तारेखमा रिहा भएका थिए। त्यतिबेला उनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्न भन्दै सामाजिक सञ्जालमा एक भिडियो अपलोड गरेका थिए ।

२०७२ माघ २० देखि राउत जनकपुरमा डेरा गरी बस्दै आएका छन् । आज प्रहरीले घेराउ गरेको घरमा राउत २०७३ पुसबाट बस्दै आएका हुन् । त्यसअघि बस्दै आएको घरमा प्रहरीले घरबेटीलाई समेत पटक-पटक सोधपुछ गर्ने गरेपछि राउत डेरा सरेका थिए । शुरुमा राउत सप्तरीबाट जनकपुर सर्दा उनलाई डेरा दिन कसैले पनि मानेका थिएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x