बालमन्दिरका अनाथ बालबालिकालाई टहरोमा राखेर पक्की भवन भने प्रहरीलाई

जेठ ६, २०७६

काठमाडौं–भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । 

भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर, त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिरपरिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर, अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।


ADVERTISEMENT

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस