एक्जिट पोलको परिणामले कांग्रेस निराश, प्रियंकाले हिम्मत नहार्न दिइन् सुझाव

जेठ ७, २०७६

काठमाडौं – भारतमा लोकसभा चुनाव सम्पन्न भएपछि प्रकाशित एक्जिट पोलमा कांग्रेसका लागि अपेक्षित परिणाम नआएपछि पार्टी कार्यकर्ताहरू निराश बनेका छन् । 

कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले कार्यकर्ताहरूलाई हिम्मत नहार्न भनेकी छन् । स्ट्रङ रूम र मतगणनाा केन्द्रमा डटिरहन उनले भनेकी छन् । एउटा अडियो सन्देशमा उनले भनिन्, ‘तपाईंहरू हल्ला र एक्जिट पोल हेरेर हिम्मत नहार्नुस् । तपाईंको उत्साह तोड्नका लागि यस्ता हल्ला फैलाइएका हुन् । तपाईंहरू थप सावधान हुनुपर्नेछ ।’


ADVERTISEMENT

प्रियंकाले भनिन्, ‘हाम्रो मेहनतको फल अवश्य प्राप्त हुनेछ ।’

एक्जिट पोलमा एनडीएले बहुमत ल्याउने देखिएपछि विपक्षी दलहरूमा खल्बली मच्चिएको छ । विपक्षी दलहरूले एक स्वरमा एक्जिट पोललाई खारेज गरिदिएका छन् । विद्युतीइ मतगणना यन्त्र र चुनावी प्रक्रिया पनि उनीहरूले प्रश्न उठाएका छन् ।

एजेन्सी

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस