पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
जनकपुरधाम – २ नम्बर प्रदेशसभा गठन हुँदा प्रायःजसो प्रदेश सांसद मोटरसाइकलमा आउने–जाने गर्थे । कतिपय सांसद त बस चढेर आउँथे भने कतिपय ई–रिक्सा चढेर आउने गर्थे ।
प्रदेशसभा गठन भएको डेढ वर्षभित्र अधिकांश सांसद चारपांग्रे गाडीमै प्रदेशसभा बैठकमा आउछन् तर प्रदेशसभा भवनमा नेपाली नम्बर प्लेटको सवारीसाधनभन्दा पनि भारतीय नम्बर प्लेटकै सवारीसाधन बढी देखिने गरेका छन् ।
रौतहट ३ (१) बाट प्रत्यक्ष निर्वाचित नेकपा सांसद नागेन्द्रराय यादव पनि भारतीय नम्बर प्लेटकै चारपांग्रे गाडी चढ्छन् । बीआर ०५ एए ७४३४ नम्बरको भारतको बिहार प्रदेशको गाडी उनले चढिरहेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहा पनि भारतीय गाडी नै चढ्छन् । सर्लाही ४(२) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कुशवाहा बीआर ०६ पीडी ६५७४ नम्बरको भारतीय गाडी चढ्छन् । उनी नेपाली कांग्रेसका प्रमुख सचेतक समेत भएकाले उनलाई प्रदेशसभा सचिवालयले मासिक ६० हजार रुपैयाँ गाडी भाडावापत दिने गरेको छ । उनी भारतीय गाडी चढ्ने भएकाले प्रदेश सभाबाट लिएको नगद सुविधा भारतको बिहार जाने गरेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद डा. रीना यादव पनि भारतीय नम्बर प्लेटको गाडी चढेर प्रदेशसभा आउने गरेकी छन् । उनले भारतको उत्तर प्रदेशको यूपी ६०५ बीएफ ९९०५ नम्बरको गाडी चढिरहेकी छन् ।
नेकपा सांसद रामचन्द्र मण्डल, समाजवादी फोरमका सांसद राम अशिष यादव लगायत थुप्रै सांसद भारतीय नम्बर प्लेटकै गाडी चढ्छन् । यी त उदाहरण मात्र हुन्, धेरैजसो सांसदले भारतीय नम्बर प्लेटकै गाडी चढ्ने गरेका छन् तर केहीले भने नेपाली नम्बर प्लेटकै गाडी पनि चढ्ने गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, राजपाका प्रमुख सचेतक परमेश्वर साह सुडी लगायत केही सांसदले नेपाली नम्बर प्लेटकै गाडी चढ्ने गरेका छन् । नेपाली नम्बर प्लेटको गाडी चढ्ने सांसदको संख्या भने कमै छ । सांसदले पाउने सेवासुविधा, पारिश्रमिक र विभिन्न संसदीय कोषबाट थप आर्थिक सुविधा पाइन थालेपछि प्रायःजसो सांसदले चारपांग्रे गाडी नै किनेर चढ्न थालेका जनाइएको छ ।
पदाधिकारीलाई प्रदेश सभाबाटै सुविधा
प्रदेश सभाबाट १४ जना पदाधिकारीले सवारीसाधन भाडावापत मासिक ६० हजार रुपैयाँ बुझिरहेका छन् । प्रदेशसभा सचिवालयको लेखा शाखाबाट प्राप्त जानकारी अनुसार विभिन्न दलका नेता, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिले गाडी भाडावापत रकम लिने गरेका छन् । प्रदेश सभाले उपलब्ध गराउनुपर्ने सवारीसाधन उपलब्ध गराउन नसकेपछि गाडीको भाडा नै दिने गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपाको संसदीय दलका नेता सत्यनारायण मण्डल र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादव र प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले मासिक भाडावापत ६० हजार रुपैयाँ लिने गरेका छन् ।
नेपाल संघीय समाजवादी पार्टीका संसदीय दलका नेता सावित्रीदेवी साह, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह सुडी, संसदीय समितिका सभापति शेष अब्दुल कलाम आजाद, रामचन्द्र मण्डल, मनिष कुमार सुमन, जयनुल राईन, वीरेन्द्रप्रसाद सिंहले भाडा बुझिरहेका छन् तर अहिले आएर संसदीय समितिका सभापतिको लागि प्रदेश सभाले गाडी नै किनिसकेपछि असार महिनादेखि मासिक भाडा भने नदिइने प्रदेशसभा सचिवालयका लेखा अधिकृत नविनकुमार मिश्रले बताए ।
समाजवादी पार्टी नेपाल संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री र राजपा नेपालका संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधार मन्त्री भएकाले गाडी नै लिएका छन् । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक शैलेन्द्र यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै गाडी सुविधा लिएका छन् ।
भाडा सुविधा नगद लिनेमध्ये कतिपय सांसदले आफ्नै निजी गाडी किनेका छन् । कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, राजपा सचेतक परमेश्वर साह, समितिका सभापति रामचन्द्र मण्डल, जयनुल राइनले निजी गाडी नै किनेका छन् । केहीले नेपाली नम्बर प्लेटकै त केहीले भारतीय नम्बर प्लेटको गाडी किनेको बताउने गरेका छन् । भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने सांसदले भारतीय आफन्तको नाममा गाडी किनेर आफू प्रयोग गर्ने गर्छन् । यसरी सांसदले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्दा नेपालको प्रदेश सभाबाट लिएको नगद सुविधा भारत जाने गरेको छ । केही सांसदले वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका छन् । प्रदेश सभाले दिने मासिक भाडा ६० हजार रुपैयाँबाट वित्तीय संस्थाको ऋण र ब्याज तिर्ने गरिएको जनाइएको छ ।
प्रदेश सभाले गाडी नै किनेर दिएको भए त्यो गाडी प्रदेश सभाको सम्पत्ति हुन्थ्यो तर पदाधिकारीलाई दिएको भाडाले पदाधिकारीले आफ्नो निजी सम्पत्ति किनेका छन् भने भारतीय गाडी किन्न भारततिर पैसा गएको छ ।
शुरूमा बजेटको अभाव भएका कारण प्रदेश सभाले गाडी किन्न नसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादव बताउँछन् । प्रदेश सभाले किनेको गाडी अहिले सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देवले चढिरहेका छन् ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार प्रदेश सभाका तोकिएका पदाधिकारीलाई सवारीसाधन, इन्धन, मोबिल र मर्मतसम्भार खर्च समेत उपलब्ध गराउने प्रावधान राखिएको छ । सवारी सुविधा पाउने पदाधिकारीलाई सवारी सुविधा उपलब्ध नभएसम्म सवारी सुविधा, इन्धन, मोबिल, मर्मत र सवारी चालक खर्चवापत प्रतिमहिना ६० हजार रुपैयाँ उपलब्ध गराइने प्रावधान राखिएको छ । प्रदेशसभा सचिवालयका लेखा अधिकृत नविनकुमार मिश्रका अनुसार त्यही ऐनका आधारमा पदाधिकारीदेखि समितिका सभापतिलाई मासिक ६० हजार रुपैयाँ दिने गरिएको छ ।
प्रदेश सभाले किनेको सवारी साधनको विवरण
सभामुख सरोजकुमार यादवले ज१झ ४२७ नम्बरको स्कार्पियो गाडी चढिरहेका छन् । ज१झा ४६० नम्बरको गाडी उपसभामुख उपमा देवले चढिरहेकी छन् भने ज१झ ४६१ नम्बरको गाडी प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले चढिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बा२ज ८५६६ नम्बरको टाटाको पीकअप र बा१झ ४०४५ नम्बरको गाडी पनि प्रदेश सभालाई हस्तान्तरण गरिएको छ ।
प्रदेश सभाका स्टोर किपर धर्मराज पौडेलका अनुसार एउटा गाडी बिग्रेर थन्किएको हुनाले कसैले पनि चढिरहेका छैनन् । प्रदेश सभाले किनेको २ वटा हाइसमध्ये एउटा हाइस महिला सांसदलाई प्रदेश सभामा ल्याउन र घरसम्म छोड्नका लागि प्रयोग भइरहेको छ ।
सभामुख, उपसभामुखका स्वकीय सचिव र प्रहरी निरीक्षकलाई मोटरसाइकल
प्रदेश सभाले ७ वटा मोटरसाइकल र एउटा स्कुटी समेत किनेको छ । किनिएको मोटरसाइकल सभामुख र उपसभामुखका स्वकीय सचिव, प्रहरी निरीक्षकदेखि कर्मचारीले चढिरहेका छन् । १ लाख ६१ हजार ८ सय ८२ रुपैयाँको दरले प्लाटिना मोटरसाइकल, २ लाख ४२ हजार ९ सय रुपैयाँको दरले पल्सर मोटरसाइकल र १ लाख ६२ हजार ९ सय रुपैयाँमा स्कुटी किनिएको छ । ३ वटा पल्सरमध्ये एउटा पल्सर शाखा अधिकृत अमरेन्द्र कुशियैतले चढिरहेका थिए । उनको सरुवा भएपछि अहिले पल्सर शाखा अधिकृत सुनिल थापाले चढिरहेका छन् । बाँकी रहेको २ वटा पल्सर तत्काल कसैले चढिरहेका छैनन् ।
‘प्रदेश सभामा आपतकालीन अवस्थामा कुनै काम परे त्यसका लागि सभामुख यादवको निवास अगाडि राखिएको छ,’ स्टोर किपर पौडेलले भने । ४ वटा प्लाटिना मोटरसाइकलमध्ये प्रदेश सभामा खटिएका सुरक्षाकर्मी प्रहरी निरीक्षक मोहनराय माझीले चढिरहेका छन् । अर्को प्लाटिना उपसभामुख देवका स्वकीय सचिव तारकेश्वर यादवले चढिरहेका छन् । तेस्रो प्लाटिना स्टोर किपर पौडेलले चढिरहेका छन् भने चौथो प्लाटिना कार्यालयमा जगेडामा राखिएको छ । स्टोर किपर पौडेल भन्छन्, ‘प्रदेश सभामा रिजर्भको रुपमा राखिएको प्लाटिना सभामुख यादवज्यूको स्वकीय सचिव मुकेश चौधरीलाई जिम्मा लगाइएको छ ।’ तर स्वकीय सचिव चौधरीले भने मोटरसाइकल नचढेको पौडेल बताउँछन् ।
प्रदेश सभामा किनिएको स्कुटी यसअघि प्रदेशसभा सचिवालयका उपसचिव कविता फुयालले चढिरहेका थिए । उनको सरुवा भएपछि अहिले स्कुटी त्यतिकै राखिएको पौडेलले बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...