×

NMB BANK
NIC ASIA

उत्तर कोरियालीहरूले नेपालमा व्यापार गतिविधि बढाएको भन्दै अमेरिका चिन्तित

असार १, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपालमा उत्तर कोरियालीहरूले व्यापार व्यवसाय बढाएकोमा चिन्ता व्यक्त गर्दै अमेरिकाले नेपाल सरकारलाई उत्तर कोरियालीहरूमाथि प्रवेश रोक लगाउन अनुरोध गरेको छ । 

Muktinath Bank

संयुक्त राष्ट्रसंघको सदस्य मुलुक भएको नाताले नेपालले उत्तर कोरियामाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धको सम्मान गर्नुपर्ने अमेरिकाको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर कोरियाका लागि विशेष अमेरिकी दूत मार्क लाम्बर्ट नेपालको तीनदिने भ्रमणमा छन् र उनले यो अपील सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू तथा नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाललाई गरेको द हिमालयन टाइम्सले शनिवार छापेको छ । 


Advertisment
Nabil box
Kumari

उनले नेपालमा उत्तर कोरियालीहरूको व्यापारिक गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गरे । नेपालमा बसेर उत्तर कोरियालीहरूले साइबर अपराध गरिरहेको हुनसक्ने लाम्बर्टले डर व्यक्त गरेको उनलाई भेट्ने एक सांसदले बताए । 

Vianet communication

सांसदहरूसँगको भेटघाटमा लाम्बर्टले उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाएको र नेपालले सदस्य मुलुकको हैसियतमा यो निर्णयको सम्मान गर्नुपर्ने बताएको द हिमालयन टाइम्स लेख्छ । नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य बनेको थियो । 

उत्तर कोरियाले राष्ट्रसंघको बडापत्रलाई उल्लंघन गर्दै आणविक हतियार विकसित गर्न थालेपछि राष्ट्रसंघले उसमाथि अनेक किसिमका प्रतिबन्ध लगाएको छ । 

‘नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हो र उसले राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित सबै प्रस्ताव पालन गर्नुपर्ने दायित्व वहन गर्छ,’ अमेरिकी दूतावासका प्रवक्ता एन्डी डी आर्मेन्टले बताए । नेपालमा उत्तर कोरियालीहरूको बढ्दो गतिविधिका बारेमा कुराकानी गर्न लाम्बर्ट आएको पुष्टि आर्मेन्टले गरे । 

लाम्बर्टले चार सांसदहरू पवित्रा निरौला खरेल, दीपक प्रकाश भट्ट, दिव्यमणि राजभण्डारी र सरला कुमारी यादवलाई भेटेका थिए । खरेल संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति हुन् भने अन्य तीन सांसदहरू उक्त समितिका सदस्य हुन् । लाम्बर्टले नेकपाका सहअध्यक्ष प्रचण्डसँग पनि भेटघाट गरे । 

यसअघि अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अमेरिका भ्रमणका क्रममा उत्तर कोरियाको विषय उठाएका थिए । गत मे महिनामा अमेरिकाको परराष्ट्र मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरोका सहायक सचिव डेभिड जे रान्जले पनि नेपाल भ्रमणका क्रममा यो विषय उठाएका थिए ।

न्युज१८ डट्कमबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x