×

NMB BANK
NIC ASIA

५ हजारवटा कछुवा तस्करी गर्ने दुईजना पक्राउ, लागूऔषध तस्कर पनि पक्राउ

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाँच हजारभन्दा बढी कछुवा र लगभग १४ किलो लागूऔषध सहित चारजना भारतीयहरूलाई मलेसियाका अधिकारीहरूले पक्राउ गरेका छन् । उनीहरूलाई बुधवार क्वालालम्पुर विमानस्थलमा पक्राउ गरिएको हो । 

Muktinath Bank

वरिष्ठ भन्सार अधिकृत जुलकुरनैन मोहम्मद युसोफले बताएअनुसार, चीनको ग्वाङ्चोबाट एयर एसियाको उडानमा आएका दुई भारतीयको लगेजमा रहेका दुई साना बास्केटमा ५ हजार २ सय ५५ वटा साना कछुवा थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती व्यक्तिहरूसँग कछुवाका लागि अनुमति थिएन र उनीहरूले १२ हजार ७०० डलर पर्ने ती कछुवालाई भारतमा घरेलु जनावरका रूपमा बेच्न खोजेको बताए । 


Advertisment
Nabil box
Kumari

ती व्यक्तिहरूलाई अभियोजन गर्ने सम्भावना छ र उनीहरूले पाँच वर्ष कारावास सजाय भोग्नुपर्ने र जरिवाना तिर्नुपर्ने सम्भावना रहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

रातो कान भएका कछुवाहरूको खुबै व्यापार हुने गरेको छ । घरमा पाल्नका लागि र मासु खानका लागि यी कछुवाको तस्करी हुने गरेको छ । साना कछुवाले स्वास्थ्य समस्या ल्याउने भएकाले तिनको कारोबार गर्दा अनुमतिपत्र लिनुपर्छ । 

अर्को घटनामा चाहिँ दुई अन्य भारतीयहरूबाट लगभग १४ किलो मेथ नामक लागूऔषध बरामद गरिएको छ । त्यसको मूल्य एक लाख ७४ हजार डलर पर्छ । हाते झोलाभित्र विशेष खोपी बनाएर उनीहरूले लागूऔषध बोकेका थिए । 

यी दुवै व्यक्ति ३० वर्षका छन् र उनीहरू लागूऔषध भरिया भएको विश्वास गरिएको छ । उनीहरूमाथि अभियोजन हुन सक्ने र दोषी ठहर भएमा मृत्युदण्ड दिइन सक्ने बताइएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x