कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
धनगढी – कञ्चनपुर जिल्लाका वासिन्दा ५० वर्षीय धनबहादुर चौधरीको घर पुनर्वास नगरपालिका–१ ढक्कागाउँमा पर्छ तर उनी व्यक्तिगत घटना दर्ता सहितका सेवासुविधा भने बेलौरी नगरपालिका–३ पडावबाट लिन्छन् । उनको नागरिकता र मतदाता परिचय पत्रमा पनि बेलौरी नै उल्लेख छ ।
उनीसँग २० कठ्ठा जग्गा छ । त्यसमध्ये १५ कठ्ठा जमिन बेलौरीमा पर्ने हुँदा उनले सोही नगरपालिकामा मालपोत तिर्ने गरेका छन् भने बाँकी ५ कठ्ठा पुनर्वास नगरपालिकाको क्षेत्रमा रहेकाले उतै कर तिर्ने गरेका छन् ।
धनबहादुरलाई आफूलाई कुन नगरपालिकाको वासिन्दा भन्नेमा कहिलेकाहीँ दोधार हुने गरेका छ । ‘सर्सर्ती हेर्दा केही समस्या देखिँदैन, उसरी समस्यै–समस्या छन् । म कहाँको हो ? मलाई नै थाहा छैन । पुनर्वासमा गएपछि मलाई बेलौरीवासी भन्छन्, बेलौरीकाले मलाई पुनर्वासवासी भन्छन् । अन्योलमा छु । दोधारमा छु,’ उनले भने ।
७४ वर्षीय मनुदेवी ऐरको घर पुनर्वास नगरपालिका–१ हिरापुरमा छ तर उनले वृद्धाभत्ता भने बेलौरी नगरपालिका–३ वडा कार्यालयबाट बुझ्दै आएकी छन् । ‘यो गाविस कार्यालय हुँदादेखिको नै समस्या हो । अझै पनि उस्तै छ । कहिलेकाहीँ त वृद्धाभत्ता नै नदिने हुन् कि भनेर चिन्ता लाग्छ,’ उनले अन्योलमिश्रित पीडा पोखिन् ।
कञ्चनपुरको साविक लक्ष्मीपुर गाविस र कालिका गाविस भएकै बेलादेखि सीमा समस्या देखिँदै आएको छ । पछिल्लो समय स्थानीय तहको नयाँ संरचना आएपछि समस्या झन् बल्झेको छ ।
नयाँ संरचना अनुसार साविक लक्ष्मीपुर गाविस बेलौरी नगरपालिकामा र कालिका गाविस पुुनर्वास नगरपालिकामा गाँभिए । ती २ स्थानीय तहबीच देखिएको सीमा विवादले ढक्का र पडाव वस्ती नै विभाजित भएका छन् । सीमा समस्याका कारण करीब २ सय घरधुरी प्रभावित भएको पडावका लालबहादुर डंगौरा बताउँछन् ।
विकासमा बाधा
ढक्का टोल र पडाव टोल हँदै करीब १२ मिटर चौडाई सडक सर्भे नक्सामा रहेको छ । ती २ स्थानीय तहको सीमा विवादको असर सडकमा पनि देखिएको छ । सडकभन्दा दायाँबायाँका अन्य सडक नयाँ नक्सांकन गरी चौडा बनाएर माटो पटान गरिएको छ ।
अहिले ती सडकमा ग्राभेलिङ गर्ने तयारी भइरहेको छ तर ढक्का र पडाव टोलको सडक दूरावस्थाबाट गुज्रेको छ । खन्दै गरेको नाली त्यत्तिकै छोडिएको छ । सडकभरि खाल्डाखुल्डी छन्, ग्राभेलको त सुरसारसम्म छैन ।
पुनर्वास नगरपालिका–१ ढक्कामा घर भएका मंगल चौधरी भन्छन्, ‘यो सडक कसैले पश्चिम दबिएको भन्छ, कसैले पूर्व । केही महिना अगाडि अमिन सहितको टोली आयो । कसैले यता, कसैले उता गर्न थालेपछि जेसीभीले खन्दै गरेको नाली त्यत्तिकै छोडियो ।’
सो क्षेत्रमा स्थानीय तहबाट वितरण हुने सेवासुविधा वितरणमा पनि समस्या देखिएको छ । सो क्षेत्रको विकासको लागि स्थानीय तहबाट कम प्राथमिकतामा राखिएको छ ।
२०७५ फागुन १७ गते परेको असिना पानीलाई स्मरण गर्दै ढक्काका धनबहादुरले भने, ‘१५ कठ्ठा जमिनमा रोपिएको हिउँदे बाली असिनाले सखाप पार्यो । दुवै स्थानीय तहले क्षतिको लगत संकलन गरे । हामीले पनि क्षतिको विवरण दियौं तर राहत वितरण गर्दा यतातर्फ हेर्न समेत हेरेनन् ।’
बाध्यतामा बसाइसराई
ढक्का र पडाव गाउँका अधिकांश स्थानीयको भोगचलनको जग्गा दुवै स्थानीय तहको क्षेत्रमा रहेका छन् । २ स्थानीय तहबीच सीमा समस्याले गर्दा बाधा अड्चन आउन थालेपछि कतिपयले सडक वारिपारि भएपनि बसाई सरेका छन् ।
बेलौरी नगरपालिका–३ पडावका हरिराम चौधरीले पुनर्वास नगरपालिका–१ ढक्कामा घर बनाएका छन् । उनले समस्या बल्झिँदै गएकाले बसाई सर्ने एउटा मात्रै विकल्प रहेको सुनाए ।
पुनर्वास नगरपालिकाले पनि त्यहाँका नागरिकलाई बसाइसराई सर्न आह्वान गरेको पाइएको छ । नगर प्रमुख जीवनराज थापाले नगर क्षेत्रभित्र घर भएका तर सरकारी सेवासुविधा बेलौरी नगरपालिकाबाट लिँदै आएका नागरिकलाई बसाइसराई गर्न आग्रह गरेको बताए । कानूनी प्रक्रिया पूरा गरिएपछि नगरपालिकाबाट सेवा प्रदान गरिने उनले बताए ।
बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले पनि दुवै नगरपालिकाको आपसी समझादारीले समस्याको समाधान खोजिने बताए ।
सम्पदाको स्वामित्वमा खिचातानी
स्थानीय तहहरूबीचको सीमा समस्याले मानव वस्ती मात्रै होइनन्, प्राकृतिक स्रोतसाधनको उपयोगमा पनि किचलो आउने गरेको पाइएको छ । कञ्चनपुरकै एउटा प्राकृतिक तालको स्वामित्वका विषयमा लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकाबीच विवाद बढेको छ । लालझाडी गाउँपालिका–५ र कृष्णपुर नगरपालिका–२ को बीचमा पर्ने गार्भिजला तालको संरक्षण र उपयोगबारे २ स्थानीय तहबीचको स्वामित्व विवादका कारण त्यो ताल दिनहुँ अतिक्रमणको चपेटामा पर्दै गएको छ ।
स्थानीय तहको पुनर्संरचना हुनुपूर्व सो तालको ठेक्कापट्टा जिल्ला विकास समिति कञ्चनपुरबाट हुँदै आएको थियो । स्थानीय तहहरू बनेपछि तालको संरक्षण, व्यवस्थापन तथा उपयोगका विषयमा विवाद चर्किन थाल्यो । स्थानीय लालबहादुर डंगौराका अनुसार दुवै स्थानीय तहले तालको ठेक्कापट्टा आफूले गर्न पाउनुपर्ने दाबी गर्न थालेपछि विवाद बढेको हो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनराज बडायकले साविक देखतभुली गाविस क्षेत्रमा सो ताल क्षेत्र पर्ने र देखतभुली गाविस लालझाडी गाउँपालिकामा गाँभिएपछि ताल पनि आफ्नो गाउँपालिकाको अधिकारमा रहने बताए । उनले जीपीएस नक्साका आधारमा असारभित्रै त्यसको टुंगो लगाउने सहमति भएको बताए ।
कृष्णपुर नगरपालिका प्रमुख कर्णबहादुर महराले पनि सीमा समस्या अन्तरदेशीय समस्या नभएकाले सजिलै समाधान हुने दाबी गरे । नगर प्रमुख महराले अहिले देखिएका केही मतभेदको चाडो निकास निकालेर सो ताललाई पर्यटकीय क्षेत्र बनाउनुपर्ने सुझाव दिए ।
स्थानीय तहबीच सीमा विवाद हरेक जिल्लामा देखिएको छ । स्थानीय तहबीचको सीमा विवादका कारण मानव वस्ती प्रभावित भएका छन् । प्राकृतिक स्रोतसाधनको उपयोगमा विवाद बढेको छ । सुदूरपश्चिम प्रदेशमा पहाडको तुलनामा तराईका स्थानीय तहबीच बढी सीमा विवाद देखिएको छ ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले डोटीका कुनै पनि स्थानीय तहबीच सीमा सम्बन्धी समस्या नभएको बताए ।
कैलालीका आधा बढी स्थानीय तहबीच सीमा विवाद
सुदूरपश्चिमको सबैभन्दा बढी कैलाली जिल्लाका स्थानीय तहबीच सीमा समस्या देखिएको छ । जिल्ला समन्वय समिति, कैलालीका अनुसार जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाहेक सबै स्थानीयबीच समस्या रहेको छ । कैलालीमा १३ स्थानीय तह रहेका छन् ।
जिल्ला समन्वय समिति कैलालीका अनुसार गोदावरी नगरपालिका र चुरे गाउँपालिकाबीच सीमा विवाद रहेको छ । चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका, गौरीगंगा र मोहन्याल गाउँपालिका, मोहन्याल र घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिका, मोहन्याल र लम्कीचुहा नगरपालिका, लम्कीचुहा र जानकी गाउँपालिकाबीच सीमा विवाद देखिएको छ ।
टीकापुर नगरपालिका र ५ नम्बर प्रदेशको बर्दिया जिल्लाको राजापुर नगरपालिकाबीच पनि सीमा समस्या रहेको छ ।
वन पैदावारको चोरी तस्करी बढायो
कैलालीका स्थानीय तहबीच सीमा सम्बन्धी विवादको मुख्य जड चुरे तथा तराईको वनजंगल र नदीखोला रहेको देखिएका छन् । वनजंगल र नदी खोलामाथिको दोहन वा उपयोग अधिकार स्पष्ट नभएका कारण विवाद बढेको देखिन्छ । स्थानीय तहले नदीखोला तथा वनजंगलको उपयोगको दाबी गर्दै आएपछि संरक्षण तथा व्यवस्थापनमा कमजोरी भइरहेको छ । यसले गर्दा काठपातसहित वन पैदावारको चोरी निकासी, तस्करी मौलाएको स्थानीय वासिन्दा बताउँछन् ।
मोहन्याल गाउँपालिका–५ धमकोटका भगीरथ भाटले मोहन्याल गाउँपालिका–५ र गौरीगंगा नगरपालिका–७ को बीचमा विजयसाल र बासघारी गरी २ वटा सामुदायिक वन रहेको बताए तर सीमा स्पष्ट नभएका कारण एकअर्काले स्वामित्वको लागि दाबी गर्दै आएका छन् ।
विवाद सुल्झिन नसकेपछि ती २ सामुदायिक वनको व्यवस्थापन तथा संरक्षणप्रति दुवै स्थानीय तह उदासिन भइरहेकाले वन पैदावारको चोरी निकासी, तस्करीमा वृद्धि भएको भगिरथको भनाई छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले स्थानीय तहबीचको सीमा सम्बन्धी विवाद छिट्टै समाधान हुने आशा व्यक्त गरे । विवादित स्थानमा नापी विभागको सर्भे टोलीमार्फत सर्भे भइसकेको बताउँदै उनले नापी विभागको सर्भे प्रतिवेदनले कैलालीका स्थानीय तहबीचको सीमा विवादको समाधान हुने बताए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...