×

NMB BANK
NIC ASIA

लुम्बिनी मेडिकल कलेजमा छोरा जन्माएको ४ घण्टामै भयो नवजात शिशुको चोरी

असार २८, २०७६

NTC
Premier Steels

बुुटवल – पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रवार नवजात शिशुको चोरी भएको छ ।

Muktinath Bank

तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशु जन्मिएको ४ घण्टामै हस्पिटलबाटै हराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले हस्पिटलबाट शिशुु हराएको खबर आएपछि आफूूहरूले खोजी तीब्र पारेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

घटना भएको १५ घण्टा हुुँदा समेत प्रहरीले बच्चा र शिशुु चोरी गर्नेलाई पक्राउ गर्न सकेको छैन । रानाले शुुक्रवार दिउँसो ११ बजे छोरा जन्माएकी थिइन् । सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन् ।

Vianet communication

सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन् । उनीसँगै १ जना अपरिचित महिलाले सहयोग गर्ने बहानामासँगै गएको प्रत्यक्षदर्शीले प्रहरीले बताएका छन् । ती अपरिचित महिला को हुुन् ? किन हस्पिटलमा आएकी थिइन् ? खुुल्न सकेको छैन । 

सीसीटीभी फुुटेजमा ती महिलाले बच्चा समातेर लैजाँदै गरेको देखिएको प्रहरीले जनाएको छ । ‘ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर ती अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन् तर जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी शुरू भएको थियो,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने, ‘जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन् । बच्चा समातेकी महिला मूूलगेटबाट बाहिरिएको हुनुपर्छ ।’

‘अहिले घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ‘प्रहरी उपरीक्षक दीपेन्द्र जिसीकै नेतृत्वमा सुरक्षाकर्मीको टोली लुम्बिनी मेडिकल कलेज खटिएको छ ।’

सापकोटाले लोकान्तरसँग भने, ‘सीसीटीभी फुुटेजबाट प्रस्ट देखिएन । त्यो फुुटेज आज (शनिबार) काठमाडौं पठाएर विस्तृत हेरेपछि ती महिला को हुुन् पत्ता लाग्छ । त्यसपछि हामीलाई खोजी गर्न सजिलो होला ।’

आफ्नो सन्तान हराएपछि सुत्केरी राना विक्षिप्त छिन् । लुम्बिनी मेडिकल कलेजका स्टाफ, स्वयं परिवारको लापरवाहीले यस्तो घटना घटेको प्रहरीको ठम्याइ छ । शिशुको खोजी भइरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x