×

NMB BANK
NIC ASIA

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बाँस्पानी मोड बेलौतीघारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।

Muktinath Bank

गुराँस गाउँपालिका–५ कान्छीबजारबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु५०प ८५५७ नम्बरेको मोटरसाइकलमा सवार २७ वर्षीया मनिषा वंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षत्रीले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार मृतकका पति डिलबहादुर वंशीको अवस्था सामान्य रहेको छ । घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

मृतकको टाउकोमा नै चोट लागेकाले घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी क्षेत्रीले बताए ।

Vianet communication

गाडीले हानेर मारेको आरोप

मृतक वंशीका पति डिलबहादुर वंशीले आफ्नो विपरीत दिशाबाट आइरहेको बसले पछाडिबाट ठक्कर दिएको आरोप लगाएका छन् । लोकान्तरसँग कुरा गर्दै उनले आफू मोडमा मोडिएर आएको तर गाडीले पेलेका कारण पत्नीको हात टायरमा गएकाले घटनास्थलमै मृत्यु भएको आफूले देखेको बताए ।

‘टायरको पछाडिको भागले हानेको थियो । मैले अलि पर पुगेर हेर्दा मेरो श्रीमती सडकमा पल्टिसकेकी थिइन्,’ उनले भने, ‘त्यो देखेर मैले नियन्त्रणमा लिइसकेको मोटरसाइकललाई पछि नालामा हालें ।’
उनले मध्यपश्चिम यातायातको कर्णाली०२, ००१ ख ००४९ नम्बरको बसले ठक्कर दिइ पत्नीको मृत्यु भएको दाबी गरेका छन् ।

शव नउठाउने चेतावनी

मनिषाको सडक दुर्घटनामा परेर मृत्यु भएपछि त्यसको पूर्ण छानबिन नहुँदासम्म सडकबाट शव नउठाउने आफन्तले बताएका छन् । ‘घटनाको सत्यतथ्य छानबिन हुन आवश्यक छ,’ मृतक मनिषाकी नन्द धना सारुले भनिन्, ‘न्याय नपाएसम्म हामी शव उठाउँदैनौं । प्रहरीले घटनाको निष्पक्ष रुपमा छानविन गर्नुपर्छ । अनि मात्र हामी शव उठाउँछौं । नभए १० दिन कुर्न परेपनि हामी तयार छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x