×

NMB BANK
NIC ASIA

नेयमारविरुद्ध लागेको बलात्कार मुद्दा अघि नबढाइने

साउन १४, २०७६

NTC
Premier Steels

काठमाडौं – ब्राजिली फूटबल खेलाडी नेयमारविरुद्ध लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दालाई प्रहरीले स्थगित गरेको बताएको छ ।

Muktinath Bank

साओ पाउलोस्थित महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभाव भएका कारण मुद्दा स्थगन गरिएको तर अभियोजनकर्ताहरूलाई अन्तिम निर्णयका लागि पठाइने बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्राजिली मोडल नाजिला ट्रिनडाडेले मे महिनामा फ्रान्सको पेरिसमा आफूलाई नेयमारले आक्रमण गरेको आरोप लगाएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

नेयमारले यी आरोपको खण्डन गर्दै आफूसँग पैसा धुत्न यो आरोप लगाइएको बताए । 

Vianet communication

नेयमारका प्रवक्ताले प्रहरीको निर्णयका विषयमा टिप्पणी गर्न असमर्थ रहेको बताए । 

यो मुद्दाले पूरै ब्राजिलको ध्यानाकर्षण गरेको छ । 

यो मुद्दाका बारेमा जानकारी जुन महिनामा सार्वजनिक भएको थियो । त्यतिखेर पेरिस सेन्ट–जर्मान स्टार नेयमारले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेर आफूविरुद्ध बलात्कारको आरोप लागेको बताएका थिए । उनले ह्वाट्सयापमा प्राप्त सन्देश र महिलाको तस्वीर समेत प्रकाशित गरेका थिए । 

ट्रिनडाडेले त्यसपछि सार्वजनिक भएर टेलिभिजनलाई अन्तर्वार्ता दिइन् अनि आफूहरूबीच भएको विवादको फूटेज र भिडियो क्लिप सार्वजनिक गरिन् । 

प्रहरीले पछि ट्रिनिडाडेविरुद्ध मानहानिको मुद्दा हाल्यो । प्रहरी भ्रष्ट भएको भन्दै ट्रिनिडाडेले संकेत गरेपछि यो मुद्दा हालिएको थियो । 

मोडलको मुद्दा अनेकौं वकिलले लिन मानेका थिएनन् । 

न्यायाधीशले अन्तिम आदेश दिनुअघि अभियोजनकर्ताहरूले अब १५ दिनभित्र मुद्दाको अध्ययन गर्नुपर्नेछ ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x