×

NMB BANK
NIC ASIA

स्थानीय तहमा भ्रष्टाचार

कुलोको पैसा खान 'सर्वदलीय सहमति' भएपछि १ सय १४ कार्यकर्ताले गरे पार्टी परित्याग

साउन १६, २०७६

NTC
Premier Steels

सुर्खेत - पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका कांग्रेस र कम्युनिस्ट कार्यकर्ताहरूले पार्टी परित्याग गरेर स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेका छन् । गुर्भाकोटको वडा नम्बर ११ मा रहेका ३२ घरधुरीका १ सय १४ जनाले आफू आबद्ध रहेको पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।

Muktinath Bank

नेपाली काङ्ग्रेसबाट ४० जना, सत्तारूढ नेकपाबाट ४२ जना र अन्य पार्टीमा आबद्ध रहेका ३२ जनाले सामूहिक हस्ताक्षर गरी पार्टी परित्याग गरे । बिहीवार आफैले हस्ताक्षर गरेको आफ्नो निर्णयको प्रतिलिपी सबैले आ–आफ्ना पार्टी कार्यालयमा बुझाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्यास लिनुको कारण - कुलोमा राजनीति


Advertisment
Nabil box
Kumari

अनेरास्ववियुकी पूर्व विद्यार्थी नेतृ तथा युवा संघ सुर्खेतकी सदस्य गौरी वलीले दलहरूले राजनीति गरेकै कारण आँपसोती कुलोको विषयमा लामो समय विवाद बल्झेको बताइन् । स्थानीयको हीतमा भएपनि उक्त कुलोमा कांग्रेस र नेकपाका स्थानीय नेताहरूले हस्तक्षेप गरी विवाद निम्त्याएको पार्टीबाट सन्यास लिनेहरूको बुझाइ रहेको छ ।

Vianet communication

‘विकास निर्माणमा पनि चरमा राजनीतिकरण गर्ने कार्य भयो,' वलीले लोकान्तरसँग भनिन्, ‘जनताका आवश्यकता पूरा गर्ने भनेर लागेका राजनीतिक नेतृत्वका कारण नै समाज अनिर्णयको बन्दी भएकाले हामीले यो निर्णय लिएका हौं ।’

२०५२ देखी गाउँलेले सिँचाई गर्दै आइरहेको कुलोमा तीव्र राजनीतिकरण गरिएको उनको आरोप छ । ‘समस्या समाधानका लागि हामीलाई कसैले कांग्रेस बन्न दबाब दिए, कसैले कम्युनिस्ट बन्न दबाब दिए,' उनले भनिन्, ‘प्रदेश सरकारले कुलोमा १० लाख बजेट दिएपछि यस्तो अवस्था आयो ।’

कुलोमा आएको १० लाखलाई भागवण्डा गरेर दलका नेता-कार्यकर्ताहरूले खान खोजेको आरोप स्थानीयले लगाएका छन् । सामान्य कुलोमा राजनीति गरेर स्थानीयलाई आजित पारेका कारण सामूहिक राजिनामा दिन बाध्य भएको वलीले बताइन् ।

‘हामीले पार्टी परित्याग गरेको हस्ताक्षरसहितको राजिनामा पत्र दलको कार्यालयमा बुझाइसकेका छौं,' उनले भनिन्, ‘अब हामी दलका नेतासँग एकल वार्तामा बस्ने छैनौं । सामूहिक मात्रै वार्तामा बस्ने छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x