बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौं– आइडिया स्टूडियोको चौथो सिजन शुरू भएको छ ।
सोचदेखि उद्योगसम्म भन्ने मूल नारा लिएर सञ्चालित आइडिया स्टूडियोको चौथो सिजन थप परिष्कृत र प्रभावशाली ढंगले सञ्चालन हुने विश्वास आयोजकले लिएको छ ।
आइडिया स्टूडियोको यस सिजनका लागि व्यक्तिको सोचलाई उद्योगसम्म पुर्याउनका लागि आफ्नो आइडिया पठाउने मिति गएको साउन १६ गतेबाट असोज १ गते सम्मका लागि तोकिएको छ ।
यस अवधिभित्र पठाइने उद्योग व्यवसायसम्बद्ध आइडियाहरूले आइडिया स्टूडियो सिजन ४ का लागि स्थान पाउनेछन् ।
निर्धारित मितिभित्र पठाइएका आइडियाहरूले टेलिभिजन रियालिटी शोमा स्थान पाउनुका साथै तालिमको व्यवस्था र उत्कृष्ट ठहरिएका ४ आइडियाहरूले रु. ५ लाख बराबर सिड इन्भेष्टमेन्ट समेत प्राप्त गर्नेछ ।
आइडिया पठाउने फारम भर्नका लागि http://ideastudio.org.np/ लग इन गर्नु पर्नेछ ।
के हो आइडिया स्टूडियो ?
आइडिया स्टूडियो नेपाल हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलतासंग जोडेर उद्यमी बन्न प्रेरित गर्दै समाजमा नै व्यवसायिक परिवर्तन गराउने एक उत्कृष्ट माध्यम हो ।
व्यक्तिको नविन र सकारात्मक सोचले नै नयाँ आवीश्कार हुन सक्दछ र त्यसले समाज र राष्ट्रमा नै महत्वपूर्ण योगदान पुग्न सक्छ भन्ने ध्येयका साथ यस अघि आइडिया स्टूडियोका तीनैवटा सिजन सम्पन्न भइसकेका छन, र यो निकै प्रभावकारी साबित भइसकेको छ ।
सन् २०१४ बाट शुरू भएको आइडिया स्टूडियोमा मुलुकभरबाट १५०० भन्दा धेरै आइडियाहरू प्राप्त भइसकेका आयोजकले जनाएको छ ।
त्यसमध्ये ९० वटाभन्दा धेरै आइडियाहरूले सफलतापूर्वक व्यवसायिक बाटोमा यात्रा गरिरहेका दाबी पनि उसले गरेको छ ।
आइडिया स्टूडियोमा आउनुअघि र आइसकेपछि आफ्नो सोच अनुसारको व्यवसायमा आएको परिवर्तन देखेर उद्यमीहरू निकै उत्साही छन् ।
नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रूपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्बद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने आइडियाहरूले विशेष ग्राहयता प्राप्त गर्नेछन् ।
स्वनिर्भरता र आर्थिक समृद्धिको यात्रामा सहभागी भई आफ्नो सोचलाई आइडिया स्टूडियो मार्फत उद्योगसम्म पुर्याउन आइडिया स्टूडियो नेपालले अपिल गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...