कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – धारा ३७० खारेज गरिएपछि कांग्रेस नेता गुलाम नबी आजादले सरकारको कटु आलोचना गरिरहेका छन् ।
आजादले सोमवार कश्मीरको वर्तमान परिस्थितिका बारेमा बयान दिए । कश्मीरमा स्थिति चिन्ताजनक रहेको उनको भनाइ छ । युवाहरूलाई घरैबाट जबर्जस्ती उठाएर लगिएको र मानिसहरूमा डर रहेको उनको भनाइ छ ।
एक मिडिया च्यानलसँग कुराकानी गर्दै आजादले भने, ‘कश्मीरमा सबै कुरा शान्तिपूर्ण तवरले गरिँदैछ भन्ने दाबीमा कुनै दम छैन । मानिसहरू डरको छायाँमा बाँचिरहेका छन् । युवाहरूलाई प्रहरी र सुरक्षाबलले जबर्जस्ती लगेका छन् । अहिलेसम्म कतिजनालाई पक्राउ गरिएको भनी सरकारले सत्यतथ्य बताओस् ।’
कश्मीरी नेताहरूलाई नजरबन्द गरिएको विषय पनि आजादले उठाए । उनले भने, ‘परिस्थिति सामान्य हुन्थ्यो भने नेताहरूलाई किन नजरबन्दमा राख्नुपरेको ? मानिसहरूलाई घरबाट निस्कन दिइएको छैन । सबै ठीक भए यस्ता प्रतिबन्ध किन लगाइएको हो ? प्रदेशका नेताहरूलाई तुरुन्तै रिहा गरिनुपर्छ ।’
यसअघि विद्यार्थी नेता शहला राशिदले पनि एकपछि अर्को ट्वीट गर्दै कश्मीरमा भयको वातावरण रहेको लेखेकी थिइन् । तर भारतीय सेनाले शहलाका दाबीहरू आधारहीन रहेको बताएको छ । सेनाले बयान जारी गरेर कश्मीरको हालत ठीक रहेको बताएको छ ।
सोमवारबाट कश्मीरका अनेकौं भागमा स्कूलहरू खोलिएका छन् ।
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...