कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा इस्लामिक स्टेटविरुद्ध भारतले लडाईं गर्नुपर्ने बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले अफगानिस्तानमा आतंकवादी संगठनसँगको लडाईंमा भारत, रुस, टर्की, इराक र पाकिस्तानले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
ट्रम्पले गुनासो गर्दै सात हजार माइल टाढा रहेको अमेरिकाले अफगानिस्तानमा आतंकवादीहरूका विरुद्ध कारवाही चलाइरहेको अनि अन्य देशले चाहिँ पटक्कै सहयोग नगरिरहेको बताए ।
अफगानिस्तानमा आतंकवादी संगठन आईएसको बढ्दो सक्रियताका विषयमा ट्रम्पले भने, ‘भारत त्यहाँ उपस्थित छ र लडिरहेको छैन । हामीहरू लडिरहेका छौं । पाकिस्तान पनि नजिकै छ र लडिरहेको छ तर एकदमै कम कोशिश गरिरहेको छ । आईएस भएको ठाउँ नजिकका देशले उसविरुद्ध लड्नैपर्छ ।’
अफगानिस्तानमा भारतको भूमिकाका सम्बन्धमा अमेरिकी राष्ट्रपतिको रणनीतिमा यो ठूलो परिवर्तन हो । भारतलाई आतंकवादविरोधी अभियानमा भाग लिन भनिएको थिएन र भारत आफैं पनि सैन्य कारवाहीमा संलग्न हुन चाहँदैन । त्यसैले अहिले ट्रम्पको नयाँ आशाले भारत हच्किएको छ ।
इराक र सिरियामा आफ्नो कब्जा गुमाएपछि आतंकवादी संगठन आईएस अफगानिस्तानमा पकड बलियो बनाउन खोज्दैछ । अफगानिस्तानमा केही दिनअघि एउटा आत्मघाती आक्रमणमा ६३ जनाको मृत्यु हुँदा आईएसले त्यसको जिम्मा लिएको थियो ।
ट्रम्प विगत १८ वर्षदेखि चलिरहेको युद्धबाट अमेरिकालाई बाहिर निकाल्न चाहन्छन् । त्यहाँ आतंकवादीहरूलाई परास्त गर्न अब अन्य देशले सहयोग गर्नुपर्ने उनको धारणा छ ।
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...