बढ्यो शल्यक्रियाको माध्यमबाट सुत्केरी हुनेको सङ्ख्या

प्रतिकात्मक तस्वीर
भदौ ६, २०७६

काठमाडौं – वि.सं. २०१६ मा आजकै दिन ४० शय्याबाट सेवा शुरू गरेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको शय्या विस्तार हुँदै जाँदा हाल ४८९ पुगेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. जागेश्वर गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेका जानकारी दिए । ती सुत्केरी हुने महिलामध्ये २१ जनाको शल्यक्रिया (सिजरियन सेक्शन) बाट हुने गर्दछ । 


ADVERTISEMENT

पछिल्लो समय अस्पतालमा नै सिजरियन सेक्सनबाट बच्चा जन्माउनेको सङ्ख्या वृद्धि भइराखेको छ ।

अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कूल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए । 

अर्काेतर्फ अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी/एमएस को अध्यापनसमेत शुरू गरेको छ ।

विगत दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ । अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवाबाट गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए ।

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस