मुक्तिनाथ विकास बैंकद्वारा कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई सहयोग

भदौ १०, २०७६

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादीस्थित कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सीसी क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख वसन्त बक्सीले कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरे ।


ADVERTISEMENT

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरि १२० वटा शाखा, २२ वटा एटीएम र करीब ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभर भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । 

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन बरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ ०१ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

भदौ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस