कात्तिक ३०, २०८०
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न विषयमा छलफल हुँदैछ ।
बिहीवार काठमाडौंमा शुरू सम्मेलनमा एसियाली बैंकको आगामी कार्यदिशा, लगानी, डिजिटल बैंकिङलगायत विभिन्न प्यानलमा छलफल हुँदैछ । एनबीएको सम्मेलनमा सहभागी बैंकरहरूलाई नेपालका अधिकारीले नेपालको जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
सम्मेलन उद्घाटन समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महतले एसियाली बैंकहरूलाई नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न आग्रह गरे । ‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्नुहोस्, नीति र बजारको विषयमा चिन्ता लिनु पर्दैन,’ उनले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको जलविद्युत् क्षेत्र लगानीको लागि प्रचुर सम्भावना रहेको बताए । ‘एसियाली बैंकहरूले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न सक्ने राम्रो अवसर छ,’ उनले भने ।
गर्भनर अघिकारीले इजरायल–हमास युद्ध तथा लामो समयसम्म रुस–युक्रेन संकटले मूल्य स्थिरता कायम राख्न चुनौती रहेको बताए । ‘ती युद्धका कारण धेरै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कडाइ गरेको छन् । जसले गर्दा लामो समयसम्म उच्च ब्याजदरको सामना गर्नु परेको छ,’ उनले भने ।
एबीएका अध्यक्ष युगेन ए असेभेदोले एसियाली मुलुकहरू अर्थतन्त्रको उदयीमान राष्ट्र भएको भन्दै लगानीमैत्री वातावरण आवश्यक भएको बताए । ‘नेपालको जलविद्युत्मा लगानी गर्न हामी पनि इच्छुक छौं,’ उनले भने, ‘त्यसका लागि उपयुक्त नीति र लगानीमैत्री वातरणको आवश्यक पर्छ ।’
नेपालको अर्थतन्त्र चिन्ता लिनु पर्ने अवस्थामा नरहेको उनले बताए । ‘तपाईंहरू धेरै चिन्ता नलिनुहोस्, अर्थतन्त्रका समस्या बिस्तारै समाधान हुन्छन्, यो सम्मेलनले नेपालमा अन्य क्षेत्रमा पनि लगानी बिस्तार गर्न सहयोग पुग्छ,’ उनले भने ।
आयोजक एनबीएका अध्यक्ष सुनिल केसीले सम्मेलनबाट एसियाली बैंकको आगामी कार्यदिशा स्पष्ट हुने बताए । ‘एसियामा बैंकिङ उद्योग आर्थिक प्रगतिलाई अगाडि बढाउन, व्यापार र लगानीलाई सहज बनाउन र वित्तीय समावेशीकरणलाई बढावा दिन यो सम्मेलन फलदायी हुनेछ,’ उनले भने, ‘मोबाइल बैंकिङबाट डिजिटल वालेटहरूमा उपभोक्ता व्यवहारमा परिवर्तन प्राविधिक विकास र नीतिमा परिवर्तनको आवश्यक छ ।’
उनले नेपालमा हाइड्रोसँगै थुप्रै क्षेत्रमा लगानी गर्ने स्थान भएको उल्लेख गरे । पर्यटन, उद्योग, प्रविधि, विकास निर्माण जस्ता आयोजनामा पनि एसियाली बैंकसँग सहकार्य गर्न सकिने अध्यक्ष केसीले बताए । ‘हामी अझै लामो छलफलमा छौं, यो छलफलले एसियाली क्षेत्रमा विकासको नयाँ रोडम्याप तय हुनेछ,’ उनले भने ।
सम्मेलन शुक्रवार सम्म चल्नेछ ।
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
ग्लोबल आईएमई बैंक लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय सं...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...