कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भदौ २०, २०७६
बुटवल – ठूलो तामझामका साथ बुटवल–नारायणगढ सडक विस्तार गर्ने कार्य शिलान्यास भएको झण्डै ७ महिना पुग्न लाग्दा समेत निर्माण शुरू हुन सकेको छैन ।
‘फास्ट ट्रयाक’मा काम गरिने भन्दै गएको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तार कार्यको बुटवलमा शिलान्यास गरेका थिए ।
‘एक्सप्रेस हाइवे’को रूपमा विकास गर्ने गरी शिलान्यास गरिएको सडक ७ महिना पुग्नलाग्दा समेत कामको सुरसार नहुँदा आयोजना समयमै सम्पन्न हुनेमा आंशका शुरू भइसकेको छ ।
सडक शिलान्यास भएपछि स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारण उत्साहित भएका थिए तर हालसम्म पनि काम शुरू नहुँदा निराश भएका छन् ।
साढे ३ वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनामा यतिधेरै समय काम नहुँदा निर्धारित मितिमै सकिएला भन्नेमा ढुक्क हुने ठाउँ देखिँदैन ।
ठेकेदारले अझै पनि कार्यस्थलमा निर्माण सामग्री र उपकरण ल्याइसकेको छैन । निर्माणका उपकरण पाकिस्तानबाट नेपाल ल्याउने प्रक्रिया बल्ल शुरू भएको आयोजना बताउँछ । निर्माण सामग्री आउन अझै १ महिना लाग्ने बताइएको छ ।
सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक सागर पौडेलले दशैंतिहारपछि मात्र भौतिक निर्माणको काम शुरू हुने बताए । ‘हामी अन्य कामको प्रक्रियामा छौं,’ पौडेलले भने, ‘ठूला आयोजना शिलान्यास भएको भोलिपल्टैबाट डोजरले खन्न शुरू गर्न सकिँदैन,’ उनले भने, ‘रूख कटानको लागि वन मन्त्रालयमा प्रक्रिया अगाडि बढेको छ । सडकको दायाँबायाँ रहेका विद्युतीय पोल हटाउन विद्युत् प्राधिकरणसँग छलफल भइरहेको छ । भौतिक निर्माण काम मनसुन बसेपछि सम्भवतः दशैंतिहारपछि शुरू होला ।’
सडक निर्माणको पूर्व तयारी पूरा नहुँदै शिलान्यास गर्न मात्रै हतार भएको देखिएको छ । आयोजना हालसम्म सडक निर्माण पूर्वका तयारीमै अल्झिएको छ । ११४ किलोमिटर सडक २ भागमा विभाजन गरी काम गर्ने भनिएको छ । गैडाकोटदेखि दाउन्ने र दाउन्नेदेखि बुटवलसम्म कामलाई २ भागमा विभाजन गरिएको छ । एउटै प्याकेजमा काम गर्दा निर्माण कार्य ढिलो हुने भन्दै २ वटा खण्ड बनाएको छ तर काम शुरू गर्न नै ढिलाइ भइरहेको छ ।
पूर्वी खण्डको कार्यालय नवलपुर जिल्लाको रजहरमा छ भने पश्चिमी खण्डको कार्यालय पश्चिम नवलपरासीको भूमहीमा छ । सडक गण्डकी र ५ नम्बर प्रदेशको मुख्य राजमार्गमा पर्ने महत्त्वपूर्ण सडक हो ।
रूख गणना गर्न नै लाग्यो साढे ४ महिना
सडक विस्तार गर्ने क्षेत्रमा बस्ती र घना जंगल पनि छ । सडक विस्तार गर्दा काट्नुपर्ने रूख गणना गर्न नै आयोजनाले साढे ४ महिना लगाइदियो । गएको बैशाखबाट रुख गणना थालिएको थियो ।
आयोजनाका डेपुटी टीम लिडर इन्जिनियर अयोध्याप्रसाद श्रेष्ठले सडक विस्तार गर्ने क्षेत्रका रूख गणना गर्न नै झण्डै साढे ४ महिना खर्चिनुपरेको बताए । इन्जिनियर श्रेष्ठले भने, ‘हामी बल्ल रूख गणना गरेर सकेका छौं । यहाँ झण्डै ५४ हजार रूख कटान गर्नुपर्ने अवस्थामा देखिए । अब वन विभागबाट स्वीकृत आएपछि रूख काट्न शुरू गर्छाैं । रूख कटान सकेपछि हामीहरू विद्युत्का पोल हटाउँछौं ।’
२०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको सडक ५७ वर्षपछि बस्तीमा ४ र जंगलमा ‘सिक्स लेन’ ४ लेनमा विस्तार गर्न शुरू गरिएको थियो । यो सडक २८ किलोमिटर ‘सिक्स लेन’ बन्नेछ भने बाँकी ‘फोर लेन’ ।
हाल सडक २ लेनको छ । पूर्वपश्चिम राजमार्गको १ हजार २७ किलोमिटर सडकखण्ड मध्येमा पर्छ । सडक एसियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको हो । सडकको ठेक्का चाइना स्टेट कन्सट्रक्सनले पाएको छ ।
नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटरमा बन्नेछ । सडक निर्माणको पहल नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको पहलमा भएको हो । सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने बताएको छ । बढ्दो सवारीसाधनको चापसँगै सडक पनि साघुरो हुँदै गएको थियो ।
१५ अर्ब रूपैयाँ लागत
सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको आयोजनाको भनाइ छ ।
निर्माण सम्पन्न भएपछि पनि ४ वर्षसम्म सडकको मर्मत सम्भारको काम चाइना स्टेट कन्सट्रक्सनले नै गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
समयमै सम्पन्न हुनेमा आशंका
सडक पनि देशका अन्य महत्त्वपूर्ण आयोजना निर्माणमा भएको ढिलाइजस्तै समयमा सम्पन्न नहुने देखिन्छ । शिलान्यास भएको मितिले साढे ३ वर्षमा सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको ठेक्का गत वर्ष पुस ४ गते भएको थियो ।
सडक नवलपरासीको दाउन्नेको पहाडमा ३ लेनको हुनेछ । बर्दघाटको प्रतिक्षालयदेखि दुम्कीबाससम्म १४ किलोमिटरको सडक अप्ठ्यारो ठाउँ भएकाले त्यहाँ ३ लेनको हुने पौडेलले बताए । पहाड चढ्ने गाडीले २ लेन प्रयोग गर्छन् । झर्ने गाडीले १ लेन प्रयोग गरेर झर्छन् । ४ लेन बनाउँदा लागत पनि बढी लाग्ने र बनाउन पनि जोखिम भएकाले ३ लेनको बनाइने आयोजनाको भनाइ छ ।
२१ वटा पुल पनि बन्ने
सडक खण्ड विस्तारसँगै २१ वटा नयाँ पुल पनि बन्ने भएका छन् । हाल पुल भएको ठाउँमा दायाँबायाँ गरी २१ वटा साना ठूला पुल पनि बनाउनुपर्ने छ । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्ने छ । सडकका दायाँबायाँ १.५/१.५ मिटरको सोल्जर पनि बनाइने छ ।
सडकले ३ जिल्ला छुनेछ । रूपन्देही, पश्चिम नवलपरासी र नवलपुरमा पर्छ । नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह २०१८ सालमा नवलपरासीको गैंडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...