×

NMB BANK
NIC ASIA

नेकपा भातृ संगठन : वाइसिएल र युवा सङ्घबीचको एकता अन्तिम चरणमा

भदौ २६, २०७६

NTC
Premier Steels

काठमाडौं– तत्कालीन वाइसिएल नेपाल र युवा सङ्घ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ । 

Muktinath Bank

सङ्घको बुधबार बसेको बैठकले साविक युवा सङ्घ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । बैठकले चार जना सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै केन्द्रीय समितिको एक तिहाइले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र युवा सङ्घ नेपालबाट ५७ सदस्य चयन गर्ने सहमति भएको छ । बैठकले केन्द्रीय कार्यालयको नौ सदस्यका लागि साविक युवा सङ्घ नेपालबाट पाँच र वाइसिएलबाट चार सदस्य गर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

बैठकले सङ्गठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने टुङ्गो लगाएको छ । सङ्घको प्रस्तावित मस्यौदा विधान बैठकले पारित गरेको छ । सात प्रदेशमध्ये तीनमा वाइसिएल र चारमा युवा सङ्घले सङ्गठनको नेतृत्व गर्नेगरी नेतृत्वको विषयलाई टुङ्ग्याइएको छ । 

Vianet communication

त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा सङ्घ र ३५ जिल्लामा वाइसिएलले सङ्गठनात्मक जिम्मेवारी लिनेछ । शुक्रबार पेरिसडाँडामा केन्द्रीय कार्यालयको उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x