×

NMB BANK
NIC ASIA

पर्यटककै कपडामा झुण्डिन्छन् मगन्ते

भदौ ३१, २०७६

NTC
Premier Steels

पोखरा– आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् ।
 
लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने ट्रेकिङ इक्विपमेन्ट एशोसिएसन पोखरा ९टेसा०का द्वितीय उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रमोद भण्डारीले बताए। उनले भने, “एउटा मुलुकको पर्यटकीयस्थलमा अर्को मुलुकबाट आएका नागरिकको मगन्ते प्रदर्शनले पोखरा घुम्न आएका पर्यटकले आफ्नो मुलुक फर्कंदा कस्तो सन्देश लिएर जालान् ?”

Muktinath Bank

आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेका सन्दर्भमा सडकभरि देखिने मगन्ते प्रदर्शनप्रति सरोकारवाला निकायको ध्यान नजानु दुःखको कुरा भएको पश्चिमाञ्चल होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेको भनाइ छ । “बिहान ६ः०० बजेदेखि रातिसम्म पनि पर्यटकलाई माग्नेहरुले सास्ती दिएको देखिन्छ, सरोकारवाला निकायले दीर्घकालीन समस्याको समाधानतिर ध्यान नदिँदा यो सधैँको समस्या बनिरहेको छ”, उनले भनिन्, “धेरै विदेशी पाहुनाले बाटोमा निस्कँदा बित्तिकै माग्नेले कपडा तान्ने गरेको भन्दै गुनासो गर्न आउँछन्, यसले पक्कै राम्रो सन्देश जाँदैन ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


 
पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारीले स्थानीयवासीबाट यस विषयमा गुनासो आइरहेको बताए। “माग्नेहरुका बारेमा स्थानीयवासीबाट निकै गुनासो आएको छ, यसको व्यवस्थापनका लागि वडा प्रहरी कार्यलयसँग समन्वय गरेर व्यवस्थापन लागि पहल गरेका छौँ ।” अर्को मुलुकको नागरिक भएका र अन्यत्र व्यवस्थापनका लागि ठाउँसमेत नभएकाले यो चुनौतीको विषय बनेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

वडा प्रहरी कार्यालय वैदामका प्रमुख कोमल शाहले प्रहरीले शान्ति सुरक्षाको विषयलाई हेर्ने भएकाले सडकका माग्नेहरुलाई ल्याएर प्रहरी चौकीमा राख्ने ठाउँ नभएको बताए। उनले भने, “यो चुनौतीको विषय छ, प्रहरीले धरपकड गरेर ल्याउने कुरा भएन, उनीहरुका लागि व्यवस्थापन गर्ने छुट्टै ठाउँ पनि छैन ।” सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्न प्रहरी तयार रहेको उनको भनाइ छ ।
 
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख कृतन पौडेल मन्त्रालयमा यसबारेमा कहीँकतैबाट जनाकारी नआएको बताए। उनले भने, “पर्यटनमा प्रत्यक्ष असर गर्ने भारतीयमूलका नागरिकबाट भएका यस्ता हर्कतलाई व्यवस्थापन गर्न मन्त्रालय तयार छ, भारतीयमूलका भएकाले राजदूतावासमार्फत जानुपर्ने र प्रक्रिया केही झण्झटिलो हुने भएकाले पनि यसप्रति ध्यान नपुगेको हुनसक्छ, हामी स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्छौँ ।” जमुना वर्षा शर्मा,रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x