×

NMB BANK
NIC ASIA

कृषि विकास बैंकबाट ५ करोड चोरी : प्रहरी भन्छ- ५ अर्ब रुपैयाँ चोरिने जोखिम थियो !

असोज ८, २०७६

NTC
Premier Steels

काठमाडौं– कृषि विकास बैंकबाट झण्डै ५ करोड रूपैयाँ चोरिएको घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Muktinath Bank

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुमा बुधवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । मुख्य अभियुक्त भने भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको  छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा संलग्नहरूलाई पक्राउ गरेर झण्डै ५ अर्बसम्म चोरिन सक्ने खतरा टारेको दाबी प्रहरीले गरेको छ ।


Advertisment
Nabil box
Kumari

'५० मिलियन डलर ५ अर्ब रुपैयाँसम्म ह्याक हुन सक्ने भन्ने कुरा पक्राउ परेका एजेन्टहरूबाट थाहा हुन आएको छ,' बुधवारको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकूल थापाले भने, 'बेलैमा अनुसन्धान नगरेको भए ५ अर्बसम्म ह्याक हुनसक्ने अवस्था रहेछ भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।'

Vianet communication

कृषि विकास बैंककै एक कर्मचारीको आईडी प्रयोग गरी ११ जना व्यक्तिको खातामा ४ करोड ७३ लाख रूपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तीमध्ये करीब ६० लाख रुपैयाँ निकालिएको थियो । पैसा निकाल्ने र त्यसमा सहयोग गर्नेहरूलाई निकालिएको पैसासहित नियन्त्रणमा लिइएको दाबी प्रहरीको छ ।

यसरी कृषि विकास बैंकको लाहान शाखाका कर्मचारीको आईडी प्रयोग गरी पैसा चोरिएको घटना आइतवारको हो ।

पक्राउ परेकाहरूलाई बैंकिङ कसूरअन्तर्गतको संगठित अपराधमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा बैंकका कर्मचारीहरू छैनन् । यद्यपि बैंकसँग विभिन्न किसिमको कारोवार गरिरहेका व्यक्तिहरू भने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x