×

NMB BANK
NIC ASIA

के मेसी र रोनाल्डो युग सकिँदै छ ?

असोज १९, २०७६

NTC
Premier Steels

लन्डन – इमलेन बेग्लीयुरोपेली फुटबलले सातौं सिजन छुँदा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले एकआपसमा आफ्नो क्लबका लागि तीन गोल मात्र गरेका छन् ।

Muktinath Bank

मेसी र रोनाल्डोको जोडी त्यही हो, जसले पछिल्लो एक दशकको विश्व फुटबलमा एकछत्र राज गरेको छ । उनीहरूले एक आपसमा १ हजार ३ सय ६९ गोल गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि एकआपसमा १० पल्ट बेलन डे’अर जितेका छन् । त्यति मात्र होइन, उनीहरूले संयुक्त रूपमा नौ पल्ट च्याम्पियन्स लिग पनि जितेका छन् ।


Advertisment
Nabil box
Kumari

मेसी अहिले ३२ वर्षका भए र उनले बार्सिलोनाका लागि पहिले जस्तो खेल्न सकिरहेका छैनन् । यसका प्रमुख कारण उनले बोकिरहेको धेरै थरीको चोट नै हो । अनि युभेन्ट्सका पोर्चुगाली स्टार ३४ वर्षका भए । अचेल उनी पनि सर्वाधिक गोलकर्ताको उपाधिका लागि प्रत्यासी हुन छाडेका छन् । के यो सबैले देखाउँछ त, विश्वफुटबलमा मेसी र रोनाल्डोको युग सकिँदै छ भनेर ? के विश्वकप फुटबलमा उनीहरूले कायम गरेको आधित्प अब पातलिँदै छ त ?

Vianet communication

सकिँदै चमत्कारी

केही पनि स्थायी हुन्न । सन् २००५–०६ यता मेसी र रोनाल्डोले एक आपसमा मिलाएर पनि सबैभन्दा कम गोल गरेका छन्, सेप्टेम्बर ३० सम्मलाई आधार मान्दा । गत सिजन ११ वर्षयता पहिलो पल्ट उनीहरूले बेलन डे’अर पनि जित्न सकेनन् । भलै मेसीको भागमा पर्‍यो, फिफा वर्ष खेलाडीको उपाधि । सन् २०१०–११ यता मेसीले सबै खाले प्रतियोगितामा ४ सय ७६ खेल खेलेका छन् । युरोपका प्रमुख पाँच लिगमा कसैले पनि यति धेरै खेले खेलेका छैनन् ।

यो मामिलामा रोनाल्डो तेस्रोमा पर्छ, ४ सय ५२ खेलसहित । तर यही मेसीले यसपल्टका सिजनका सात ला लिगा खेलमा सबै जोडेर जम्माजम्मी ९० मिनेट मात्र खेलेका छन् । उनलाई चोटले खुबै सताइरहेको छ । इन्टर मिलानविरुद्ध युरोपेली च्याम्पियन्स लिग खेलमा भने उनी फर्के । मेसीलाई आफ्नो पूरा खेल जीवनमा चोटले बारम्बार सताएको छ । उनीले केवल एकै सिजन मात्र यस्तो बिताएका छन्, जसमा चोटको समस्या रहेन् ।

अब मेसी लिगमा सबै बाँकी ३१ खेल खेल्ने हो भने उनले सन् २०१३–१४ यता सबैभन्दा कम लि खेल खेल्नेछन् । अबको केही लिग खेल गुमाउने हो भने उनले सन् २००७–०८ यता पहिलो पल्ट सबैभन्दा कम खेल्नेछन्, लिगमा । यी सबैका बावजुत पनि गत सिजन उनका लागि राम्रै रह्यो, उनले ५० खेलमा ५१ गोल गरे । त्यसैले पनि उनले फिफाको उत्कृष्ट अवार्ड पाएका हुन् । तर १ सय २० मिनेटमा अहिलेसम्म कुनै गोल गर्न नसक्नु चिन्ताको विषय भने हुन सक्छ, मेसीका समर्थकका लागि ।

गत सिजन रोनाल्डोले पनि चोटका कारण धेरै खेल्न सकेनन् र यो सन् २०१४–१५ यता सबैभन्दा कम रह्यो । गोलको संख्यामा पनि उनी गत सिजन धेरै पछाडि परे । त्यस सिजन उनले ४३ खेलमा २८ गोल गरे । अरू खेलाडीको प्रसङ्ग थियो भने पनि यो उत्कृष्ट मानिन्थ्यो, तर रोनाल्डो जत्तिको खेलाडीका लागि यो पक्कै पर्याप्त होइन । तर यो पनि उनले म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड आएयता सबैभन्दा कम हो ।

फेरि सन् २०११–१२ यता पहिलो पल्ट मेसी अथवा रोनाल्डोमध्ये कसैले पनि युरोपेली च्याम्पियन्स लिग जित्न सकेन् । गत सिजनको सिरी ए मा उनले सर्वाधिक गोल गर्ने सूचीको चौथो स्थानमा रहे । उनको अगाडि रहे, साम्पडोरियाका फाबियो क्वागिरेला । तर रोनाल्डोको खेलमा कमी आउन थालेपनि विश्वास गर्न सकिन्छ, उनले अझै धेरै गोल गरेका छन् । यसको राम्रो उदाहरण त उनले पोर्चुगल र युभेन्ट्सका लागि खेलका पछिल्ला खेलमा देखाइसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x