×

NMB BANK
NIC ASIA

मासु पकाउँदा मसला र तेल कति राख्ने ? यस्तो छ चिकित्सकको सुझाव

असोज २०, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

तपाईंलाई कसरी पकाएको मासु मनपर्छ ? तेलमा तारेको, तेलसँग मोलिएको, पानीमा मात्र उमालेर पकाएको, थोरै तेल मसला राखेर झोल बनाएको, आदि–आदि ।

Muktinath Bank

मासु पकाउँदा तपाईंको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने र पकाउने तरिका अबलम्वन गर्नुपर्ने चिकित्सकको सुझावलाई ख्याल गर्नुहोस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ आयुर्वेद चिकित्सक डा. प्रेमनारायण श्रीवास्तवका अनुसार चिल्लो, पिरो र तारेको मासु खाँदा पायल्सका रोगीहरूलाई त्यसले तुरुन्त असर गर्ने तथा निरोगीहरूलाई पनि कब्जियत हुनसक्ने सम्भावना बढी हुन्छ ।


Advertisment
Nabil box
Kumari

दशैं वर्षमा एकपटक आउँछ । दशैंको अवसरमा ४/५ दिन नियमित आफ्नो स्वाद अनुसारको खाना खाँदा स्वास्थ्यलाई खासै असर नपर्ने तर नियमित खाना भने स्वास्थ्यबर्धक हुनुपर्ने चिकित्सकको भनाइ छ ।

Vianet communication
Laxmi Bank

उमेर र पेशाअनुसार चिल्लो र मसला राख्न सकिन्छ

रातो र बोसोयुक्त मासु सकेसम्म ४० उमेर काटेपछि नखान वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आर.के. सिंहको सुझाव छ ।

डा. सिंहका अनुसार मासु खाँदा उमालेर र हरियो सागपात तथा फलफूलसँग मिलाएर खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ ।

चिकित्सकका अनुसार आफ्नो पेशा वा काम अनुसार खाना कसरी खाने भन्ने पनि निर्धारण गर्न सकिन्छ । धेरै समयको अन्तरालमा कहिलेकाहीँ चिल्लो र मसलादार खाना खाँदैमा स्वास्थ्यलाई असर गर्दैन ।

बालबालिकाले धेरै चिल्लो र पिरो पचाउन सक्दैनन्, त्यसैले उनीहरूका लागि सकेसम्म चिल्लो र मसला कम राखेर मासु पकाउँदा राम्रो हुन्छ । 

मधुमेह र रक्तचापका बिमारीले सकेसम्म मासु खानुहुँदैन र खानुपरेमा चिल्लो र मसाला नराखिकन पकाएर थोरै मात्रामा खानुपर्ने डा. सिंहको भनाइ छ ।

कडा शारीरिक श्रम गर्नेहरूले चिल्लो र मसलादार खाना सजिलै पचाउन सक्ने भएकाले उनीहरूका निमिक्त भने चिल्लो र मसलेदार खानालाई अस्वभाविक रूपमा लिन नपर्ने तर नियमित खानाको रूपमा भने त्यसरी प्रयोग गर्न नहुने डा. सिंहको भनाइ छ ।

सामान्यतया युवा अवस्थाका मानिसहरूले दशैंको समयमा चिल्लो र मसलेदार मासु खान सक्छन् । तर, सधैँ चिल्लो र मसलेदार खाना खानु स्वास्थ्यका लागि लाभदायक हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x