कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सुर्खेत –बुटवलका सविन श्रेष्ठ शुक्रबार दैलेख जिल्लाको आठबीस नगरपालिकाको राकम कर्णालीमा दश जना साथीहरुसँग भेटिए ।
उनको यो पाली आफन्त वितेका कारण दशैं थिएन । उनी कर्णालीको चर्चित पर्यटकीय स्थल रारा जाने भन्दै मोटरसाइकलमा आएका थिए । राकमको सिद्धार्थ होटलमा बास बसेका उनी निक्कै थकित मुद्रामा देखिए । बिहानै किन थाकेको जस्तो देखिनु भो भनेर उनीसँग प्रश्न सोध्दा सडकको कारण यस्तो अवस्थामा पुगेको बताए । ‘सडकको अवस्था अत्यन्तै दयनीय रहेछ,’ उनले भने, ‘सडकमा धुलोको त कुरै नगरौं । खाल्डाखुल्डीले मोटरसाइकल नै बिग्रियो ।’
उनी सुर्खेतको बराहताल गाउँपालिकाको बड्डिचौर भएर कर्णाली राजमार्ग हुँदै राकम कर्णाली पुगेका रहेछन् । ‘पातालखोला भन्दा चार किलोमिटर पर जाँदा मोटरसाइकल नै बिग्रियो,’ उनले भने, ‘झण्डै आठ किलोमिटर बढी मोटरसाइकल हातले नै घिसारेर तल्लो डुंगेश्वर पुगियो ।’ बीच बाटोमा मोटरसाइकल बनाउने ग्यारेज नभएका कारण आफुले सास्ती पाएको उनको भनाई थियो ।
मनमा उत्साह बोकेर रारा गएका सुर्खेत वीरेन्द्रनगरका उमेश कार्कीले सरकार भएको महसुस गर्न नसकिएको बताए । ‘अहिले स्थानीय तथा प्रदेश सरकार घर आँगनमै छन्,’ उनले दुखेसो पोखे, ‘सरकार मस्तीमा छ, हामी सास्तीमा छौं ।’
उनी नाग्म भन्दा मुगु जाने सडकको अवस्था झन दयनीय भएको बताउँछन् । ‘बरु यताको सडकको अवस्था ठिकै रहेछ,’ उनले भने, ‘नाग्म देखि राराताल जाँदाको सास्तीको बयान गरिसक्नु छैन ।’ उनले सरकारले सडकको निर्माणमा चासो नदेखाएको आरोप लगाए । ‘कालिकोटका मुख्यमन्त्री, दैलेखका सभामुख र जुम्लाका मन्त्री भएको अवस्थामा पनि विकास भएन,’ उनले भने, ‘पावर र पहुँचमा भएका बेला विकास गर्न नसक्ने नेताहरुबाट पनि कसरी विकासको अपेक्षा गर्नु र खोइ ?’
उनले सरकारले कम्तीमा पर्यटकीय समयमा सडकका खाल्डाखुल्डी पुर्न सकेको भए राहत हुने बताए । उनले प्रश्न सोधे, ‘अर्बौं बजेट फ्रिज गर्न सक्ने कर्णाली सरकारले कर्णाली राजमार्ग बनाउन छोडेर के हेरेर बसेको होला ?’
यी दुइ प्रतिनिधि पात्र मात्रै हुन् । कर्णाली राजमार्गमा गरिएको कालोपत्रे भत्किएपछि यात्रुहरु जोखिमका यात्रा गर्न बाध्य भएका छन् । दैलेख र कालिकोट सडक खण्डको विभिन्न स्थानको कालोपत्रे भत्किएपछि ठूला खाल्डाले सवारी आवागनमा समस्या भएको छ ।
कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र सूदरपश्चिम प्रदेशको अछाम जोड्ने कर्णाली राजमार्गको विभिन्न स्थानमा सडक कालोपत्रे भत्कीएपछि यात्रुहरुले जोखिम झेल्नु परेको छ ।
दैलेख र कालिकोट सडक खण्डका दुई दर्जनबढी ठाउँमा वर्षातको समयमा कालोपत्रे भत्कँदा सडकमै खाल्डा बनेका छन् । अधिकांश ठाउँको कालोपत्रे भत्किदाँ र पहिरोले घटौं जाम हुने गरेको सवारी चालकहरुको गुनासो छ ।
विगत सात वर्षदेखि निरन्तर कर्णाली राजमार्गमा बस चलाईरहेका चालक कमल कठायत महिनाको कम्तीमा पाँच छ पटक गाडी बिग्रने गरेको बताउँछन् । ‘गाडीबाट आम्दानी भन्दा बढी सुधारमा खर्च हुन थालेको छ,’ उनी भन्छन्, ‘सडकमा अत्याधिक खाल्डा भएका कारण हरेक दिन जसो दर्जनौं गाडी बाटैमा विग्रने गरेका छन् ।’ सरकारले कम्तीमा खाल्डाखुल्डी पुरिदिएको भए सास्ती कम हुने उनको अपेक्षा छ ।
सुर्खेत–जुम्ला सडकको कालोपत्रे आर्थिक वर्ष २०७१÷०७२ सालमा सम्पन्न भएको सडक डिभिजन सुर्खेतले जनाएको छ । तर दैलेखको खड्कबाडा खण्डको झण्डै ६ किलोमिटर सडक हालसम्म कालोपत्रे हुन सकेको छैन । राजमार्गको स्तरोन्नतीको काम विगतदेखी नै भइरहेको सडक डिभिजन सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईको दाबी छ । उनले दाबी गरेपनि सडकका खाल्डाखुल्डीको स्थिती भने जस्ताको त्यस्तै देखिएको छ ।
सडकका वरिपरि पहिरो गएका छन् । सडकमा नाला बनाइएको छैन । सडक भरि नै खाल्डाखुल्डी छन् । कर्णालीको लाइफलाइन मानिने उक्त सडकलाई प्रदेश सरकारले प्राथमिकतामा राखेपनि विभिन्न कारणले सुधार गर्न नसकिएको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको दाबी छ ।
‘हामीसँग बजेट भएपनि गतवर्ष प्रयोग गर्न नसकिएको हो ।’ उनी भन्छ्न, ‘केन्द्र सरकारको मातहतमा भएका कारण हामीले सडकको सतरोन्नती गर्न सकेनौं । पहिरो पन्छाउने काम त गरेकै छौं ।’ उनले जमुनाहा हिल्सा सडक खण्डको निर्माण र स्तरोन्नती गर्न संघीय सरकार सकारात्मक भएको बताउँदै प्रदेश सरकारले त्यसकालागि अथाह छलफल गरिसकेको बताए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...