×

NMB BANK
NIC ASIA

पौरखी महिला

फूलको आयात रोक्न कस्सिए रूपन्देहीका महिला, तिहारअघि ढकमक्क फुल्दै सयपत्री

कात्तिक ३, २०७६

NTC
Premier Steels

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ९ जना महिलाले क्षितिज नमूना कृषक समूह गठन गरी यस वर्षदेखि व्यवसायिक पुष्प खेती शुरू गरेका छन् ।

Muktinath Bank

गएको जेठमा प्रदेश सरकारले उनीहरूलाई व्यवसायिक पुष्प खेती तथा बगैँचा व्यवस्थापन तालिम दिएको थियो । थोरै लगानीमा धेरै प्रतिफल पाउने भएपछि उत्साहित हुँदै उनीहरूले तालिमपछि फूल खेती शुरू गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० कठ्ठा जग्गामा लगाइएका सयपत्री फूल दिपावली (तिहार) का लागि तयारी अवस्थामा छन् । फूल ढकमक्क फूल्न थालेपछि त्यहाँ फोटो खिचाउन जानेहरूको लर्को लाग्न थालेको छ । यस वर्षको तिहार आउन धेरै दिन बाँकी छैन । 


Advertisment
Nabil box
Kumari


समूहकी अध्यक्ष नविना भण्डारीले स्थानीय स्तरमै रोजगार सिर्जना गरी भारतीय फूलको आयात रोक्न पुष्प खेती शुरू गरेको बताइन् । उनीसहित अन्य महिलाहरू पनि बिहानदेखि साँझसम्म बगैँचामा फूलको व्यवस्थापनमा खटिन्छन् । 

Vianet communication

उनले भनिन्, ‘अहिलेको तिहारमा ५ हजार माला बिक्री गर्ने लक्ष्य छ । दैनिक रूपमा यहाँ आएर तिहारमा हामीलाई फूल दिनुहोला भन्ने धेरै छन् । तर, हामीहरूले माला बिक्री गर्ने योजना बनाएका छौं ।’

फूल खेती कम लगानी, थोरै जमिन र कम मेहेनतमा छिटो आम्दानी गर्न सकिने व्यवसाय मानिन्छ । 

बुटवल–१३ नयाँ गाउँमा पौरखी कृषि नारी फर्म चारजना महिलाहरूले पनि यस वर्षदेखि फूल खेती शुरू गरेका छन् । 

सीता खनाल, बनिका भण्डारी, टीका भण्डारी र कान्त बेल्वासेले २ लाख लगानीमा पुष्प खेतीमा हाल हाले । 

उनीहरूले एकपटक फूल बिक्री २० हजारभन्दा बढीका फूल बिक्री गरिसके । रूपन्देही सहित प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पुष्प खेती शुरू गरेको सञ्चालक सीता खनालले बताइन् ।

सीता राजनीतिकर्मी पनि हुन् । उनीहरूले खाली रहेको झण्डै दुई बिगाहा जग्गामा फूल लगाएका छन् । अहिले बुटवल उपमहानगरपालिकाले आफ्ना हरेक कार्यक्रममा उनीहरूले उत्पादन गरेको फूलको प्रयोग गर्ने भएको छ । 

अर्की सञ्चालक टीका भण्डारीले यहाँका हरेक कार्यक्रममा भारतीय फूलको आयात रोक्न फूल खेती शुरू गरिएको बताइन् । 

गत वर्षदेखि तिलोत्तमाको कुञ्जलापुरमा देवी वाग्ले लगायतको महिला समूहले तिलोत्तमा सहकदम कृषक समूह गठन गरी पुष्प खेती शुरू गरिसकेको छ । 

वाग्ले एक सार्वजनिक कार्यक्रममा उनलाई लगाइदिएको मालाले रंग कपडा सर्‍यो । तर, उक्त कपडा धुँदा पनि रंग नगएपछि अहिले केमिकलयुक्त फूललाई निरुसाहित गर्न फूल खेती शुरू गरेको बताउँछिन् ।

'गत वर्ष हामीले दुई हजार ५ सय माला बिक्री गर्‍यौं, यो वर्ष त्यसलाई बढाउने सोच छ । गत वर्ष २ सय रूपैयाँसम्ममा माला बिक्री भएका थिए,’ उनले भनिन् ।

अहिले रूपन्देही लगायत प्रदेश पाँचमा व्यवसायिक फूल खेतीमा महिलाहरू उत्साहजक रूपमा लागेका छन् । 

देशमा लगन गरे राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि महिलाहरूले फूलखेती शुरू गरेका हुन् । 

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतीय माला र फूल कुनै पनि कार्यक्रममा प्रयोग नगर्न आग्रह गरिसकेको छ । 

‘हामी प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउने गरी विभिन्न ठाउँमा महिलाहरू जुटेका छौं, हामी सफल भएरै छाडछौं,’ महिलाहरू भन्छन् ।

विभिन्न सार्वजनिक कार्यक्रममा भारतीय फूल र मालाहरूकै प्रयोग हुन्छ । 

नेपालमा हरेक वर्ष न्यूनतम रु.२० करोड बराबरको फूल आयात हुने नेपाल पुष्प व्यवसायी महासंघको आंकलन छ ।

पुष्प व्यवसायी संघका प्रदेश पाँचका अध्यक्ष रमेश पाण्डेले महिलाहरू उत्साहजनक रूपमा फूल खेतीमा लागेकोले केही वर्षभित्रै प्रदेश ५ फूलमा आत्मनिर्भर हुने बताए । 

पाण्डेले भने, ‘फूलमा भन्सार रेकर्ड प्रायः नहुने भएकाले २० करोड रूपैयाँभन्दा बढीकै फूल आयात होला । त्यसैले, फूलमा आत्मनिर्भर बन्न निजी क्षेत्रबाट हामीले धेरै काम गरिरहेका छौं ।’ 

पाण्डेले महिला कृषकहरूलाई फूलका विरुवा उत्पादनदेखि कसरी लगाउने भन्ने प्रशिक्षण पनि दिँदै आएका छन् । 

रून्देहीको तिलोत्तमाका धेरै वडा र सैनामैनाका सबै वडामा फूल खेती शुरू भएको छ । पाल्पा, दाङ, कपिलस्तुदेखि बाँकेका विभिन्न क्षेत्रहरूमा पनि व्यवसायिक पुष्प खेती थालिएको छ । प्रदेश सरकारले पनि पुष्प खेती गर्ने किसानहरूलाई अनुदान दिएको छ । 

प्रदेशभित्रका पहाडी जिल्लामा खासै भारतीय मालाको प्रयोग नहुने भए पनि तराईका ६ जिल्लामा चाडपर्व, विभिन्न शुभकार्यका लागि भारतबाटै माला आउने गर्छन् । 

यहाँ तिहारमा झण्डै ५ लाखभन्दा बढी माला भारतबाट आउने व्यवसायीहरूको आंकलन छ । त्यसलाई निरुसाहित गर्न यहाँका महिला कृषकहरू लागेका छन् । 

रूपन्देही प्रदेशको राजधानी हो । यहाँ धेरै कार्यक्रमहरू हुन्छन् । त्यसका लागि मालाको खपत पनि बढ्दै गएको छ । त्यस्तै प्रशस्त मठमन्दिर भएको, धार्मिक कार्य, मेला महोत्सव तथा सभा समारोहमा पनि मालाहरूको माग बढ्दो छ । 

भारतबाट आयात हुने फूल उपभोक्तासम्म आइपुग्दा महङ्गो हुने भएकाले पनि आफनो क्षेत्रमा फूलखेती गर्दा सस्तोमा उपलब्ध गराउन सकिने र स्वदेशको पैसा स्वदेशमा नै लगानी हुने भएकाले फूल खेतीको महत्त्व धेरै नै रहेको छ ।

चाडपर्वमा मात्र होइन यहाँ १२ महिना नै फूलको माग बढिरहेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x