×

NMB BANK
NIC ASIA

नेपाललाई स्वर्ग मान्छन् बंगलादेशी नागरिक, यस्तो छ कारण

कात्तिक २७, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपाल बंगलादेश मैत्री संघले बंगलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ ।

Muktinath Bank

पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र  व्यापारव्यवसायमा  अघि बढाउन सकिने संघको विश्वास छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघका अध्यक्ष दीनदया रिजालले रासससँग कुरा गर्दै भने, 'बंगलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई नेपालले पनि बुझिदिनुपर्छ ।' 


Advertisment
Nabil box
Kumari

नेपाल, भारत र बंगलादेशबीच फूलबारी नाका खुलाउने सहमति गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँका अनुसार जीप सवारीमा काकरभिट्टा–बूढीमारी सिमाना पुग्न साढे तीन घण्टा लाग्छ भने भद्र्रपुरबाट फूलबारी नाका पुग्न आधा घण्टा मात्र भए पुग्छ । सो नाका खुलेमा नेपालको पहुँच समुद्रसम्म पुग्ने उनको भनाइ छ । 

Vianet communication

बंगलादेशमा स्याउ, सुन्तला, नास्पाती, आलुबखडा, अलैँची, अम्लिसो, तेजपात, सिमेण्ट,  गिट्टीको माग बढी भएकाले नेपालले ती सामग्री नेपालबाट निर्यात गर्न सकिने रिजालले बताए ।

'बंगलादेशमा निर्मित औषधि र कपडा संसारका प्रायः सबै देशमा जान्छ, हामीले उनीहरूबाट त्यससम्बन्धी सीप सिकेर आफ्नै उत्पादन गर्न सक्छौँ ', रिजालले भने ।

बंगलादेशको चिकित्सा शिक्षा पनि उत्कृष्ट रहेको उनको भनाइ  छ ।

केही वर्ष पहिले ढाका–काठमाडौं–ढाका बस सेवा एक दिन मात्र चली बन्द भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग रिजालको छ ।

राष्ट्रिय बङ्गाली भाषालाई निकै महत्व दिने बङ्गालीहरू आफ्नो संस्कृति निकै मन पराउने तथा चाडबाडमा  खानपिन र पहिरन पहिरिँदा स्वदेशी उत्पादन नै प्रयोग गर्न रुचाउने गर्छन् ।

तिनको यो बानी नेपालीले पनि ग्रहण गर्नुपर्ने सुझाव रिजाल दिनुहुन्छ । साहित्य, कला र संस्कृति सम्बन्धमा पनि नेपाल र बंगलादेशले आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ । 

'बंगलादेशीहरू हिमाल, पहाड, डाँडाकाँडा देखेर आनन्दित हुन्छन्,  नेपालको प्रकृतिप्रति उनीहरूको लगाव छ, उनीहरू नेपाली भूमि निकै मन पराउँछन्, यसलाई स्वर्ग नै मान्छन्', रिजालले भने, 'त्यसैले बंगलादेशीहरूलाई नेपालमा आकर्षित गर्न नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ ।'

सार्क र बिम्स्टेकको सदस्य राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका लागि मङ्गलबारदेखि यहाँ काठमाडौंमा छन् ।

उनले कला, संस्कृति र पुरातत्वमा अग्रणी मुलुक भक्तपुरको मंगलबार नै भ्रमण गरिसकेका छन् भने बिहीबार प्रकृतिका धनी पोखरा, रुपाकोट र शुक्रबार चन्द्रागिरि जाँदै छन् ।

बंगलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएकाले पनि नेपाल सधैँ बङ्गालीहरूको हृदयको माझमा छ । सार्क स्थापनामा नेपाल र बंगलादेशले विशेष पहल गरेका थिए । श्याम रिमाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x