सुनको मूल्य बढ्यो

२ दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा शुक्रवार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । 


Advertisement

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँ तोकेको छ ।

बुधवार र बिहीवार छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


Advertisement

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८८५ रुपैयाँ पुगेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्