कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
स्विट्जरल्यान्डको जेनेभाबाट जुरिकतर्फ रेलको यात्रामा थिएँ म । पत्रकार लक्ष्मण देवकोटाले रेल चढाइदिनुभएको थियो । रेलमा नेपाली म मात्रै थिएँ । मेरो सीटको अगाडिपट्टि स्थानीय एक युवक बसेका थिए । निकै 'फ्रेन्ड्ली' रहेछन् उनी । मैले रेलको झ्यालबाट, ‘वाउ, ह्वाट अ ब्युटिफुल भ्यु’ भन्दै भिडियो खिचिरहेको देखेर उनी जोडसँग हाँसे ।
उनको भनाइ थियो, ‘तिमीले जम्माजम्मी रेलको झ्याल बाहिरको दृश्य देखिरहेका छौ, यति देख्दा नै तिमीलाई वाउ फील भइरहेको छ । तिमीले साँच्चिकै सबै स्विट्जरल्यान्ड देख्यौ भने त के गर्छौ होला ? यहाँ पर्यटकहरू विÞश्वभरिबाट घुम्न आउँछन्, तुसारो बसेको पहाडलाई ‘वाउ माउन्टेन’ भन्दै फोटो खिच्छन् । तिमी त माउन्ट एभरेस्ट भएको देशबाट आएको मान्छे,तिनीहरूले जस्तो त गर्दैनौ होला नि !’
उनको कुरा सुनेर म अक्कमक्क परें । अनि भिजिट नेपालको कुरा निकालें ।
उनको जवाफ थियो, ‘म तिम्रो देश नेपाल किन जाने ? म मात्र हैन, अरू पनि किन जाने पहिले त्यसबारे सोच्न आवश्यक छ। हिमाल हेर्न मात्रै मानिसहरू कतिपटक जान्छन् ? एकपटक, दुईपटक, ल तीनपटक। तर गाँजा खान पायो भने मानिसहरू हरेक महिना नेपाल पुग्छन् । जस्तो कि म नेदरल्यान्ड्स हरेक १५ दिनमा पुग्छु ।’
उनले एउटा तीतो अनुभव सुनाए।
अंग्रेजी नयाँ वर्ष २०१७ मनाउन उनी नेपाल गएका थिए। अन्नपूर्ण बेस क्याम्प पुगेर उनी फर्किए। फर्किंदा केही दलालहरूसँग उनले गाँजा किनेर ठमेलमा खाए । साथमा रहेको अलिकति गाँजा पकेटमै राखेर पोखरा गए । पोखरामा उनलाई प्रहरीले समात्यो, २२ ग्राम गाँजा फ्याँकिदियो, अनि ३०० युरो लिएर प्रहरीले छोड्यो ।
उनी अहिले भन्छन्, ‘गाँजा खान पाइन्न भने म किन तिम्रो देश नेपाल घुम्न जान्छु ? तिमीलाई थाहा छ, घुम्न जानेहरू आफ्नो कामबाट थाकेर बिदामा शरीरलाई रोमाञ्चकता प्रदान गर्न निस्केका हुन्छन्, न कि प्रहरीको कस्टडीमा बस्न । टुरिजमबाट देश उँभो लाग्ने हो भने देशको कानून खुकुलो हुनुपर्छ, पोलाइट हुनुपर्छ ।
मलाई उनको कुरा ठीकै हो जस्तो लाग्यो ।
त्यस दिन रातको समयमा म नेदरल्यान्ड्स गएको थिएँ । मध्यरात नै थियो । मध्यरातमा आम्स्टर्ड्याम शहर घुम्न निकै मजा आउँछ भन्ने साथीहरू पनि सँगै थिए । तीत्यहाँका भुक्तभोगी थिए। खासगरी पानीको नहर अर्थात्कनालहरू रातको समयमा गज्जब देखिने रहेछन्, झिलिमिली बत्तीको प्रकाश नहरको पानीमा ठोकिएर शहर नै गुलाबी रंगमा परिणत भएको जस्तो लाग्ने ।
एकबारको जुनीमा साथीहरूले अनुभवका लागि विश्वकै नामी क्यासिनो पनि छिराए । सय युरो फ्याँकियो पनि ।
तर मेरो मुख्य उद्देश्य भने अर्कै थियो । त्यो के भने नेदरल्यान्ड्समा गाँजा खान फ्री छ अर्थात् कानूनी रूपमा खुला छ भन्ने सुनेको थिएँ । त्यो नजिकबाट महसूस गर्नुथियो । रातको समयमा नेदरल्यान्ड्स नै गाँजा जस्तो बसाउने रहेछ। नहरको आडैमा उभिएर मैले फोटो खिचिरहँदा एकजना गोरा अनुहारका युवाले मलाई अंग्रेजीमा गाँजा, ड्रग्स, अफिम के चाहिन्छ भन्दै सोध्न आए । उनले खैरो हेरोइन पनि छ, कुन चाँहि लिने भनेर अनुरोध गरे। यस्तो अनुरोध गर्दै गर्दा नजिकै प्रहरीहरू पनि गाडी र सञ्चार सेटका साथ बसिरहेका थिए।
मैले भनें,‘म गाँजा लिन्नँ ।’ तर उनले आफूले पहिले भनेको भन्दा मूल्य घटाइरहेका थिए । शायद सस्तो भन्यो भने लिन्छ भन्ने लाग्यो होला। मैले लिन्नँ भने। तर यसो शहरका गल्लीहरू नियाल्दै हिँडेको त संसारभरिका मानिस गाँजाको तालमा झुमिरहेका थिए । कुनै हल्ला थिएन । न झगडा थियो, न कुनै कोलाहल थियो ।
बस, सबै आ–आफ्नो तालमा गाँजा तानिरहेका थिए । साथीहरू भन्दैथिए,‘यिनीहरू अमेरिका, बेलायत, चीन, रुस लगायत संसारभरिबाट यही गाँजा सेवन गर्न आउँछन् । गाँजाकै कारण हुने ‘क्राइम रेट’ शून्यप्रायः छ।
नेदरल्यान्ड्समा मात्र हैन, यस्तो गाँजा व्यापारी युरोपका धेरै देशहरूमा मैले देखें ।
जुन देशमा जे छ, जुन देशको सम्भावना छ, त्यही बेचिने रहेछ। थाइल्यान्डमा सरकारले औपचारिक रूपमा यौन बेचेको छ। उनीहरूले ‘सेक्स टुरिजम’लाई विश्वव्यापी रूपमा फैलाएका छन् । हुन त यो सेक्स टुरिजम नेदरल्यान्ड्समा पनि देखियो। खतरा देखियो । तर नेपालीको छोरा बाउबाजेको इज्जत जान्छ भनेर हर्कत देखाइएन, रामराम पशुपतिनाथले सराप देलान् भनिकन कति राम्रा ठ्याक्कै गुडिया जस्ता युवतीहरूलाई नमस्कार गरेर फर्किएँ । थाइल्यान्ड घुम्न जाँदा भने मसाजसम्म गराएको थिएँ । जोशको बेलामा होश गुमेछ, भएभरको पैसा टिप्सको रूपमा अर्पण गरियो।
अरबमा के नै छ र जस्तो लाग्छ । तर हेर्नुस् त, अरबको विकास र प्रगति । केही नभएको अरबले बालुवामा पनि ‘डेजर्ट सफारी’ बेचेका छन् । डिजेल पेट्रोल पनि बेचेकै छन् । हतियार निर्माण गर्न सक्ने देशहरूले हतियार बेचेका छन् । अमेरिका, चीन, बेलायत, रुस र युरोपले के के बेच्छन् के के त्यो मेरो मगजले थाहा पाउने विषय भएन । अब सोलोडोलोमा मगजले भ्याएन भनौं न ।
केही पनि नहुने देशले युवाहरू बेचेका छन् । हाम्रो देश नेपाल युवाहरू बेच्ने देशमा विश्वमै एक नम्बरमा पर्छ । मेरो यो युवा बेच्ने कुरामा आफ्नै तर्क छ । दोस्रो विश्वयुद्ध भन्दा अगाडि र पछाडि, युद्धकै समयमा नेपाली शासकहरूले यहाँका युवाहरूलाई भाडाको सैनिकका रूपमा बेचे । बेलायतमा, भारतमा, सिंगापुरमा नेपाली युवाहरू आर्मी पुलिस बनेर बेचिएकै छन् ।
आजभोलि फ्रान्सको सेनामा पनि नेपाली युवाहरू भर्ना हुने क्रम जारी छ । खाडी देशहरूमा, युरोपमा, अमेरिकामा भाँडा माझ्नका लागी डिग्री पढेका युवाहरू पनि गएकै छन् । तपार्इं आफैं अनुमान लगाउनुहोस्, युवाहरू बेचिएको देशको हविगत कस्तो हुन्छ ?
तर हामीले के बेच्नुपर्थ्यो ? हामीसँग बेच्ने कुरा त धेरै छन् । नेपालीलाई सुतीसुती खान पुग्ने कच्चा पदार्थ२ प्रतिशत बेच्यो भनेपनि हामी धनी हुन्छौं । पहिलो कुरा, हामीले गाँजा बेच्नुपर्थ्यो । जलस्रोतको धनी देश पानी बेच्नुपर्थ्यो । तर दुःखद कुरा, खाडीको देश कतार हामीलाई बोतलमा पानी बेच्छ । गाँजा खान युवाहरू भारतीय नाकाहरूमा पुग्ने गर्छन् ।
हो, हामीले विदेशीलाई गाँजा बेच्नुपर्थ्यो । तर त्यसैलाई बलियो कानून लगाएर बाँधेको राज्यले । यो पनि विदेशीकै चलखेल हो जस्तो लाग्छ किनभने गाँजा बेचे त नेपालीहरू धनी हुने भए, डलर युरो सबै नेपाल भित्रिने भयो, अनि को हुन्छ भाडाको सिपाही ? अनि को जान्छ भाँडा माझ्न अरब र युरोप ? त्यसकारण नेपालमा भएको मुख्य आम्दानीको स्रोत र नेपालीहरू धनी बन्ने बलियो माध्यमलाई सुनियोजित रूपमा विदेशीहरूको डिजाइन अनुसार बन्देज गरिएको हो भन्ने लाग्छ ।
रोल्पा, रुकुम लगायतका जिल्लामा १९३० को दशकदेखि १९७० को दशकमा गाँजा खेती उक्त क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत थियो र यसले उनीहरूलाई राम्रो जीवनस्तरको आधार दिएको थियो । त्यतिखेर पहाडी भेगका जनजातिहरूको आर्थिक स्थिति पनि मजबूत हुँदै थियो । बाग्लुङ, म्याग्दी जस्ता पहाडी भेगमा पनि गाँजाबाट राम्रै आम्दामी गरिरहेका थिए ।
विश्वभरि नामी नेपाली चरेस यही क्षेत्रबाट जान्थ्यो । कुनै कानूनी रोकतोक थिएन, गाँजाकै कारण कुनै मारकाट थिएन । विदेशीहरू गाँजा खानकै लागि पहाड उक्लिन्थे । भिजिट नेपालको घोषणा गर्नु नै पर्दैन।
गाँजाको माग यति बढ्यो, डाँडापाखामा मात्र आफैं उम्रिने गाँजा यहाँका किसानले खेतबारीमा लगाउन थाले । यसबाट हातहातै पैसा आउँथ्यो । महिलाका शरीरमा सुन र चाँदीका गहना हुन्थे, केटाकेटीले मीठोमसिनो खान पाउँथे । जब गाँजामाथि प्रतिबन्ध लगाइयो, उनीहरूको जीवनस्तर खस्कियो । गाँजा बेच्नेहरूलाई कडा कारवाही हुन थाल्यो ।
पहाडी भेगमा बस्ने मानिसहरूको राम्रै आम्दामी थियो गाँजाबाट । अनि रोक किन लगाइयो त ? यसमा थुप्रैखाले षड्यन्त्र हुन सक्छन् । ब्राह्मणहरूले गाँजा खेती नगर्ने भएका कारण पनि यसो गरिएको हुन सक्छ ।
गाँजा मात्रै हैन, कालान्तरमा भाँगो र भाँगोको पातसँग पनि रिसइबी साँध्यो राज्यले । गाँजाको पहिलो रूप हो भाँगो । यो भाँगो पहाडी भेगमा पाइन्छ । खासगरी पहाडी इलाकामा भाँगो भनेको चामल बराबर हो। किसानहरूले भाँगोसँग चामल साटेर भात खाने गर्छन् । स्वयं म पनि त्यसरी नै हुर्किएको हो ।
एक पाथी भाँगो बराबर दुई पाथी चामल मिल्नु गजब कुरा थियो नै । तर चामल साट्नका लागि भाँगोको भाग्य हुनुपर्थ्यो । भाँगोका बुटाहरू कलिलैमा काटिन सक्थे । प्रहरीहरूले सिंगो गाउँकै भाँगो फडानी गरिदिन्थे । अहिले पनि गर्छन् ।
बुझ्नुपर्ने कुरा हो भने भाँगोको बुटाबाट गाँजा मात्र बन्दैन, पहिलो कुरा त भाँगो नै बन्छ जुन अचार खानका लागि निकै स्वादिलो हुनेगर्छ। त्यसपछि भाँगोको बुटाको बोक्राबाट धागो बन्छ जुन कपडा बनाउन बहुउपयोगी हुन्छ ।
अनि भाँगोको पातबाट गाँजा (अत्तर) बन्छ जसलाई सरकारले बन्देज लगाएको छ। तर गाँजा हैन, भाँगोको लागि भाँगो रोप्नेहरूको बुटा पनि प्रहरीले फडानी गरिदिन्छ, न रह्यो बाँस न बज्छ बाँसुरी भन्ने शैलीमा । उनीहरूले भाँगोको बुटा नै फडानी गरिदिन्छन्।
केहीले भाँगोबाट गाँजा पनि बनाउने गर्छन् किनभने सरकारले यसलाई प्रतिबन्ध लगाएपनि पहाडमा गाई भैंसी बिरामी परेमा, जाडोका कारण पशुपक्षीलाई समस्या देखिएमा अन्य आयुर्वेद औषधिहरूसँग गाँजा मिसाएर खुवाइन्छ। मानिसहरूमा पनि काँप्ने, चिसो लाग्ने जस्ता समस्या देखिएमा गाँजा खुवाउने गरिन्छ। भगवान् शिवले गाँजा सेवन गर्छन् भन्ने कथन छ। गाँजाको यतिधेरै फाइदा हुँदाहुँदै पनि नेपाल राज्यले लामो समयदेखि गाँजामा प्रतिबन्ध लगाएको छ।
सन् १९६० को दशकमा ‘हिप्पी’ युगको शुरूआतसँगै काठमाडौंमा गाँजा सेवन गर्ने पश्चिमा ‘हिप्पी’हरू आउन थालेपछि यहाँ दुई दर्जनभन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका थिए । काठमाडौं, पोखरा जस्ता शहरमा गाँजाको दोकान नै भेटिन्थे ।त्यसरी पोखरा, काठमाडौं आउने हिप्पीहरूमध्ये चर्चित ब्राजिली लेखक पाउलो कोएल्हो पनि थिए। यसरी विदेशीहरूको आगमनसँगै नेपालीहरूले गाँजा बेचेर पैसा कमाउन थाले।
तर दुःखको कुरा, नेपालमा हिप्पी संस्कृति बढिरहँदा सन् १९६१ मार्च (२०१७ साल चैत) मा संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गर्यो, जसले गाँजालाई पनि अफिम सरहको कडा खालको लागूऔषध मान्दै प्रतिबन्ध लगायो ।
अन्ततः २०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, खरीद–बिक्री, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’ प्रतिबन्ध लगाइयो । तर गाँजामाथि प्रतिबन्ध नेपाललाई गरीब बनाइराख्ने पश्चिमा षड्यन्त्र थियो।
शायद यही सम्झौतालाई साक्षी राखेर होला, हालसालै सांसदहरूले प्रतिनिधिसभामा गाँजा र भाङको खेती खुला गर्नुपर्ने जरूरी सार्वजनिक महत्त्वको प्रस्तावलाई लिएर सरकारले असन्तुष्टि जनायो। तर मलाई त्यस्तो लाग्दैन । के हरेक सम्झौता गरीब राष्ट्रका लागि मात्र लागू हुनुपर्छ? नेपालले लागूऔषध नियन्त्रण सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको अवस्थामा गाँजा र भाङजस्ता लागूऔषधको खेती गर्न दिनुपर्ने भनी सत्तारूढ नेकपाका सांसद विरोध खतिवडा प्रस्तावक रहेको गाँजा भाङ खेती गर्न दिने व्यवस्था गर्न माग गरिएको विशेष सार्वजनिक महत्त्वको प्रस्ताव एकदमै सही हो र त्यसलाई पारित गर्नुपर्छ।
गाँजाको विषयमा अन्य देशहरूले आफ्नो कानून परिमार्जन गरिसकेका छन् । जस्तो कि अस्ट्रेलियाको संसद्ले राजधानी क्यानबेरा र राजधानी क्षेत्र (द अस्ट्रेलियन क्यापिटल टेरिटोरी–एसीटी) भित्र गाँजाको उपभोग गर्न पाउने विधेयक पारित गरेपछि राजधानी क्यानबेरा क्षेत्रभित्र कुनै पनि वयस्क व्यक्तिले ५० ग्रामसम्म गाँजा साथमा राख्न पाउने भएका छन् भने घरमा चारवटासम्म गाँजाको बोट हुर्काउन पाउनेछन् ।
तर सन् २०१६ देखि नै अस्ट्रेलियाले मेडिकल उपचारमा गाँजाको उपयोग खुला गरिसकेको थियो ।
क्यानडामा केही महिनाअघि मात्र औषधि र मनोरञ्जनका लागि गाँजाको सेवन र बिक्री–वितरण खुला गर्ने कानून संसदबाट पारित भएको छ । क्यानडामा सन् १९२३ देखि गाँजा प्रतिबन्धित थियो । अब क्यानेडियनहरूले एउटा घरमा चारवटासम्म बिरूवा रोप्न पाउनेछन् ।
कानुनअनुसार एक वयस्क मान्छेले सार्वजनिक स्थानमा ३० ग्रामसम्म सुकाइएको गाँजा खान पाउनेछ।सन् २०१५ को तथ्यांकअनुसार, क्यानडाका नागरिकले गाँजामा करीब ४ अर्ब ५० करोड डलर खर्च गरेका थिए। सन् २०१५ मा आफ्ना नागरिकले गाँजाका निम्ति गैरकानूनी बजारमा करीब ४ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरेको आँकडा सार्वजनिक भएपछि क्यानडाले यो कदम चालेको बताइन्छ ।
औषधि र मनोरञ्जन दुवै प्रयोजनमा गाँजालाई खुला गर्ने क्यानडा उरुग्वेपछिको दोस्रो देश हो । उरुग्वेले सन् २०१३ मै गाँजा खुला गर्ने निर्णय गरिसकेको छ। संयुक्त राज्य अमेरिकाका २३ वटा राज्यमा औषधीय प्रयोगका लागि गाँजा खुला गरिएको छ । आठवटा राज्यमा भने औषधि र मनोरञ्जन दुवै प्रयोजनका लागि गाँजा खुला छ ।
अमेरिकामा क्यान्सरका बिरामीलाई पीडा कम गराउन गाँजाको प्रयोग गर्न दिइन्छ । बेलायतमा पनि गाँजा खुला गर्नेबारे छलफल चलिरहेको छ । न्युजील्यान्डले भने गाँजासेवनमाथिको प्रतिबन्ध खुला गर्ने वा कायमै राख्ने भनेर अर्को वर्ष जनमतसंग्रह गर्दैछ।
संयुक्त राष्ट्रसंघको आँकडाअनुसार, संसारभरिका करीब १५८.८ मिलियन मान्छेले गाँजा प्रयोग गर्छन् जुन संसारभरिका मान्छेको करीब ३.८ प्रतिशत हुन्छ । अमेरिका मात्रै नभई स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, जमैका, चिली, पेरु, कोलम्बिया, इक्वेडर र लक्जेम्बर्गले पनि व्यक्तिगत रूपमा गाँजाको प्रयोग सम्बन्धी कानून खुकुलो पारेका छन् ।
इजरायल, अर्जेन्टिना, पुएर्तो रिको, पनामा, मेक्सिको, टर्की, जाम्बिया र जिम्बाब्वेमा औषधीय रूपमा गाँजा खुला छ ।
नेपालको सन्दर्भमा लागूऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ मा गाँजालाई लागूऔषधका रूपमा परिभाषित गर्दै २५ वटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीनहजार रूपैयाँसम्म जरिवाना लगाइन थाल्यो । गाँजा बन्ने भाँगोको बुटालाई प्रहरीले फडानी गर्नथाले ।
गृहमन्त्रालयले चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा ४५ दिने लागूपदार्थ नियन्त्रण अभियान कार्यान्वयनमा ल्याएको थियो। त्यतिबेला ७ लाखभन्दा बढी गाँजाका बोट नष्ट गरिएको थियो । अब यो कानून परिमार्जन गरेर देशलाई गाँजा फ्री गर्नु हितकर छ।
नेपालमा भाँगोको बुटा फडानी त गरियो तर भाँगोकै कुरा गर्ने हो भने नेपाली सुपरमार्केटमा चीनबाट भित्रिएको भाँगोको दाना पनि निर्बाध बिक्री भइरहेको छ, जुन कानूनतः नेपालमा उत्पादन र बिक्री–वितरण गर्न प्रतिबन्धित छ । तर भन्सार तिरेर भित्रिएका ती सामग्रीमा कुनै रोकटोक छैन ।
नेपाललाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारको लागि औषधि उत्पादन गर्न, किसानहरूको जीवनस्तर उठाउन, विदेशी मुद्रा आर्जन गर्न, किसानको आम्दानी वृद्धि गर्न अत्यावश्यक भएकाले गाँजा र भाङ खेती गर्न दिनुपर्छ। राज्यले आफैं बेच्नुपर्छ। विदेशी युरो, डलर जनताको आँगनमा पुर्याउनुपर्छ। गाँजा फ्री गरौ, डलरकै सिरानी हालेर सुतौं । हिरो पल्टिएर कानून लगाउन हुँदैन।
माथि उल्लेख भएबमोजिम गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्न मागगर्दै प्रतिनिधिसभामा सांसद विरोध खतिवडा लगायतले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेपछि गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे नेपालमा फेरि एकपटक बहस शुरू भएको छ ।
वीरगञ्ज चिनी मिल बन्द भएपछि बारा, पर्सा र रौतहट लगायतका जिल्लामा कृषकहरू आम्दानीको वैकल्पिक स्रोत खोज्दै गाँजाखेतीतर्फ आकर्षित भएका समाचार पनि बेलाबखत आउने गरेका छन् । संसदमा प्रस्ताव दर्ता भएपछि गाँजामाथि प्रतिबन्ध हटाउने कि कायम राख्ने भन्ने बहस अब निष्कर्षमा पुग्ला कि ?
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...