×

NMB BANK
NIC ASIA

बार्सिलोनामा चर्कियो विवाद : केही अधिकारीले मेस्सीविरुद्ध अभियान सञ्चालन गरेको आरोप

फागुन ६, २०७६

NTC
Premier Steels

बार्सिलोना फूटबल क्लबले एक सामाजिक सञ्जाल कम्पनीलाई लियोनेल मेस्सी लगायतका वरिष्ठ खेलाडीको छवि बिगार्ने गरी सन्देश प्रवाह गर्न पैसा तिरेको सनसनीखेज खुलासा भएपछि क्लबमा संकटको स्थिति आएको छ । 

Muktinath Bank

क्लबका हाकिमहरूले आई३ भेन्चर्स नामक सामाजिक सञ्जाल कम्पनीलाई नियुक्त गरेर अध्यक्ष जोसेप मारिया बार्टोमेउ र उनको बोर्डको छवि उजिल्याउन अनि मेस्सी र भेटेरान डिफेन्डर जेरार्ड पिकेको छवि धमिल्याउने कोशिश गरिएको कुरा स्पेनका स्थानीय मिडियाहरूमा छापिएपछि क्लबले सोमवार त्यसको खण्डन गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्लबले यस्तो दाबी गर्नेविरुद्ध कानूनी कारवाहीमा जाने धम्की पनि दिएको छ र छापिएको खबरलाई तत्कालै सच्याउन पनि भनेको छ । 


Advertisment
Nabil box
Kumari

क्लबले आरोपको कडा खण्डन गरेको भए पनि केही दिनअघि मेस्सी र स्पोर्टिङ डाइरेक्टर एरिक आबिदालबीच भएको विवादपछि अर्को सार्वजनिक विवादको सामना गर्नुपरेको छ । 

Vianet communication

अघिल्ला व्यवस्थापक अर्नेस्टो भाल्भेर्देलाई खेलाडीहरूले भरपूर सहयोग नगरेको भनी आबिदालले बयान दिएपछि मेस्सीले त्यसको सार्वजनिक खण्डन गरेका थिए । 

क्लबका अधिकारीहरूले क्लबलाई एकताबद्ध राख्न आबिदाललाई पदमा रहिरहन भने पनि यो सार्वजनिक विवादले क्लबलाई बेइज्जत चाहिँ गरायो । नयाँ व्यवस्थापक किके सेतिएनले बार्सिलोनाको विगतको गौरवशाली खेलशैली फर्काउन खोजिरहेका छन् । ला लिगा अनि च्याम्पियन्स लीग दुवैमा बार्साको चुनौती कायमै राख्ने चुनौती उनैलाई छ । 

बार्साले जनवरी महिनाको ट्रान्सफर विन्डोमा कुनै पनि खेलाडी ल्याउन सकेन तर सोमवार उनीहरूलाई एउटा स्ट्राइकर साइन गर्नका लागि अनुमति दिइएको छ । 

च्याम्पियन्स लीगमा अर्को हप्ता बार्साले नेपोलीसँग कठिन म्याच खेल्नुपर्नेछ । 

क्लबमा ताजा विवाद आएपछि सेतिएनको व्यवस्थापनमा गौरवशाली विगतलाई पुनर्जागृत गर्न लागिएको कुरामा असर पर्ने देखिन्छ चाहे क्लबले जति नै खण्डन गरिरहोस् ।

अहिलेको विवादले त क्लब र यसका कप्तान मेस्सी कुन दिशामा जाने हुन् भन्ने विषयमा थप अनुमानको बजार तताएको छ । मेस्सीलाई प्रत्येक सीजनको अन्त्यमा क्लब छोडेर जाने विकल्प रहेको खुलासा भएपछि यो अनुमान झनै गर्माएको हो । अनि युरोपका ठूला क्लबले उनलाई भित्र्याउन कुनै हिचकिचाहट देखाउने छैनन् । 

मेस्सीले १२ वर्षको उमेरदेखि क्लबप्रति बफादारिताको दाबी गरिरहेका छन् तर ताजा विवादमा उनको नाम जोडिएपछि अरू क्लबहरूले उनलाई ल्याउन सकिन्छ भनी आशा गरेका छन् । 

शायद त्यही डरले गर्दा पनि होला सोमवार बार्सिलोनाले विवादास्पद दाबीलाई तत्कालै र कडा शब्दमा खण्डन गरेको हुनसक्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x