कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
पश्चिमी खानेकुरालाई एक हप्ता मात्र खाँदा पनि मस्तिष्कले गर्ने काममा नकारात्मक असर पर्ने अनि स्वस्थ मानिसलाई पनि बढी खानका लागि दुरुत्साहन गर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।
सात दिनसम्म उच्च फ्याट र उच्च चिनीजन्य खाद्यपदार्थ सेवन गर्ने २० वर्ष उमेरका स्वयंसेवकहरूले स्मरणशक्तिको परीक्षणमा कमजोर प्रदर्शन गरेको र खानेकुरा सक्नेबित्तिकै जंक फूड खान मन गरेको पाइयो ।
पश्चिमी खानेकुराले मानिसहरूलाई आफ्नो भोजन नियमन गर्न थप गाह्रो बनाएको र मस्तिष्कमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रमा बाधा गरेको अध्ययनमा पाइयो ।
‘एक हप्तासम्म पश्चिमी शैलीको खानेकुरा खाँदा टन्न पेट भरिएको अवस्थामा पनि चकलेट र जंक फूड खान मन लाग्ने देखियो,’ सिड्नीमा रहेको म्याकक्वायरी विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक रिचर्ड स्टिभेन्सनले बताए । ‘त्यस्तो अवस्था आउँदा खानाको तलतल हुन्छ र बढी खाइन्छ अनि त्यसले हिप्पोक्याम्पसलाई थप क्षतिग्रस्त तुल्याउँछ अनि खाएको खायै गर्न मन लाग्छ ।’
यसअघि जनावरहरूमा गरिएको परीक्षणमा जंक फूडले हिप्पोक्याम्पसमा असर पार्ने देखाएको थियो । हिप्पोक्याम्पसले स्मरणशक्ति र भोजन नियन्त्रण गर्छ ।
हिप्पोक्याम्पसले पेट टन्न हुँदा खानेकुराको सम्झनालाई रोकिदिन्छ वा कमजोर बनाइदिन्छ अनि टन्न पेटमा केक देख्दा पनि केकको मीठो सम्झना आएर खाऊँखाऊँ जस्तो हुँदैन । ‘तर हिप्पोक्याम्पसले प्रभावकारी काम नगर्दा खानेकुराको सम्झना ह्वारह्वार्ती आउँछ र खाऊँखाऊँ लाग्छ,’ स्टिभेन्सनले भने ।
पश्चिमी खानेकुराले मानिसहरूमा कस्तो असर पार्छ भन्ने विषयमा अध्ययनका लागि वैज्ञानिकहरूले ११० जना दुब्ला र स्वस्थ विद्यार्थीहरूलाई परीक्षणमा राखे । ती विद्यार्थी २० देखि २३ वर्ष उमेरका थिए र सामान्यतया राम्रो खानेकुरा खान्थे ।
तीमध्ये आधालाई कन्ट्रोल ग्रूपमा राखेर एक हप्तासम्म सामान्य खानेकुरा खान दिइयो । बाँकी आधालाई उच्च ऊर्जा भएको पश्चिमी शैलीको खानेकुरा दिइयो जसमा बेल्जियन वाफल र फास्ट फूड समेत समावेश थिए ।
द गार्डियनबाट
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...